दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १५ हजार ८१ नमु्ना परीक्षणमा ३५५३ जनामा संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २९ गते, बिहीबार १६:५१

काठमाडौं । नेपालमा आज ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १५ हजार ८१ नमु्ना परीक्षणमा ३५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधवारकोे तुलनामा आज पनि कोरोना संक्रमित हुनेको संख्या ५ सयले बढी हो ।

आज उपत्यकाको काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ जनासँगै १९१६ जनामा संक्रमण पुष्टि भएको हो । बुधवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या ४ सयले बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ३५५३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ३९ हजार २७० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २७१ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा हालसम्म ११ हजार ६१० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मन्त्रालयको विवरण अनुसार १४ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १३ हजार ५०३ जना र ८३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ११० जना आइसीयु र २५ जना भेन्टिलेटरमा उपचाररत छन् । बुधवारको तुलनामा आज आइसीयुमा रहनेको संख्या २३ जनाले बढी हो ।

२ करोड ७१ लाखले लगाए कोरोना विरुद्धको खोप
नेपालमा पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार ४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म २ करोड ७१ लाख ५५ हजार ७२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये १ करोड ५४ लाख ६४ हजार ३३५ जनाले पहिलो मात्रा र १ करोड १६ लाख ९१ हजार ३९३ जनाले दोस्रो मात्राको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु