• भक्ति सङ्गीतका दुइवटा भजन एकसाथ सार्वजनिक (भिडियो सहित )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार २०:१०

    काठमाडौ ।संचारकर्मी तथा रेडियो कलाकार किशोर सेढाईले भक्ति सङ्गीतमा आधारित दुइवटा भजन एकसाथ आफनो युटुब च्यानल Kishor Sedai मार्फत सार्वजनिक गरेका छन ।
    पहिलो भजन “दीन दुःखीका सहारा कृष्ण “ बोलको भजन कलाकार सेढाईले महामानव श्रीकृष्ण प्रति समर्पित गरेका छन । सो भजनको छायाँकंन चितवनको राष्ट्रिय निकुन्ज सौराहा, चितवनकै जिरानास्थित श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम आदि ठाउँमा गरिएको छ भने भजनको रचनाकार खगेन्द्र सापकोटा रहेका छन भने सङ्गीतकार गायक सेढाईका पहिलो शास्त्रीय गुरु स्वर्गीय विनय बर्मा रहेका छन ।
    यसैगरी कलाकार सेढाईले मानव जीवनमा आधारित “प्रभुको यो सृष्टिलाई मेरो नभनौ “ बोलको दोस्रो भजन आफना परमधामबासी छोरा स्वदेश सेढाई प्रति समर्पित गरेका छन । भजनको शब्द रचना झापाका बरिष्ठ आर्य समाजी पं महेन्द्र प्रसाद गौतमको रहेको छ भने भजनमा सङ्गीत तथा स्वर कलाकार सेढाईको रहेको छ ।

    यसैगरी सो भजनको छाँयाकंन चितवनको देउघाट,जिरानास्थित श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम र दक्षिण भारतमा रहेको पोडिचेरी शहरको पुर्वमा अवस्थित बंगालको खाडी समुद्रको रक विचमा गरिएको छ ।

    यी दुइवटै भजनको निर्माण दिव्य दर्शन टेलिभिजनले गरेको छ भने निर्देशन सोही टेलिभिजनका प्रबन्ध निर्देशक मणि पाण्डैले गरेका छन । यी दुइवटा भजनबाट आएको रोयल्टि कलाकारले मानवीय सेवा कार्यमा लगाउने घोषणा गरेका छन ।
    हेर्नुस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु