–शिव अधिकारी
यौटा स्वर्ग टिपेर ल्याउँछु भनि डुल्दै बगैँचा तिर
खोज्दै त्यो अमरावती शिखरको उक्लि रहेछु भिर
के हुन्थ्यो सजिलो र स्वर्ग कसरी बन्थ्यो र कस्तो थियो
थाहा छैन तथापी भन्छ दुनिया त्यो नाम कस्ले दियो ।। १ ।।
यौटा नाम अमूर्तको पछि पछि लागेर हिड्नेहरु
पाईदैन कदापी स्वर्ग छ त्यहा पुग्छन मरेकाहरु
मृत्यू मात्र छ संभबी सुर कथा त्यो स्वर्ग फल्ने भूमि
के खोज्छौ दुनिया अचम्म छ सबै संसार सारा घुमी ।। २ ।।
नौलो हुन्छ तथापी सुन्दर कला त्यस्कै पसि गर्भमा
हेर्छौता अति नै छ कष्ट र पीडा त्यो स्थूल निर्मणमा
सिर्जि पौरखको बूँदा बूद मूना कल्कल् बढे झै बनि
लाउनु बन मञ्जरी हृदयले त्यो हो नयाँ जीवनी ।। ३ ।।
खोज्छौ ए कति स्वर्ग त्यो सलिलता देखिन्छ आफै तिर
पाईदैन घुमेर केही रमिता मात्रै छ बुझ्ने गर
त्यस्तो सुन्दर स्वर्ग हो घर जहाँ बस्छौ छ यस्कै भर
आफ्नु मातृभूमी छ स्वर्ग सबको जानेर रक्षा गर ।। ४ ।।
पानीमा बूँदा उम्लिए सरी कला नौलो सधै लाग्दछ
यौटा बालक कल्कलाउ छ युवा बन्दै यही जाग्दछ
सौर्य पौरखीको सिमा हिन बनी खेदेर बैरि जति
भाग्छन सुन्दर यै छ स्वर्ग सबको खोज्छौ घुमेरैै कति ।। ५ ।।