• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    पूर्वप्रधानमन्त्री मातृका कोइरालाका पनाति आत्रेय समाजसेवामा, सुरु गरे नयाँ उज्यालो फाउण्डेशन मनिषाले भनिन्ः आत्रेयबाट नयाँ आशा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार १९:५६

    काठमाडौं, ३० पुस । पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाका पनाति आत्रेय कोइरालाले मुलुकको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ ‘नयाँ उज्यालो फाउण्डेशन’ स्थापना गरि काम अगाडी बढाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाको विधिवत रुपमा उद्घाटन गरिएको हो ।
    प्रमुख अथिति अभिनेत्री मनिषा कोइरालाले आफूबाहेक अरुको बारेमा पनि सोच्ने समाज विकास हुँदै गएको बताइन् । उनले नयाँ पुस्ताले नयाँ आशाहरु देखाएको बताइन् । उनले भनिन्,‘अबको पुस्ताले आफूबाहेक अरुको बारेमा पनि सोच्नथालेको छ, समाज र देशमा नयाँ आशा विकास भएको छ ।’
    नयाँ उज्यालो फाउण्डेशनका अध्यक्ष आत्रेय कोइरालाको प्रशंशा गर्दै समाजमा अरुको बारेमा सोच्ने भावना विकास गर्दै अगाडि बढेको बताइन् । सानै उमेरमा आत्रेय समाजसेवामा लागेकोमा गर्व महसुस भएको बताइन् । ‘उसको सोच र काम कस्तो राम्रो । यो उमेरमा केटाकेटीहरु खेल्छन् र आफ्नो करियरको बारेमा सोच्ने गर्छन् । तर, उसले एउटा होप देखाएको छ कि अब आउने पुस्ताले आफूबाहेक अरुको बारेमा पनि सोच्नेछ ।’ किशोरावस्थामै आत्रेयले गरेको कामलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।
    संस्थाको अबधारणा पत्र प्रस्तुत गर्दै संस्थापक अध्यक्ष आत्रेय कोइरालाले शिक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै ‘सधैका लागि, सबैका लागि स्वस्थ्य’ भन्ने मुल नाराका साथ २०७८ सालमा नयाँ उज्यालो फाउन्डेसन स्थापना भएको बताए । शिक्षा र स्वास्थ्य भनेको देश विकासको पहिलो आधार भएको बताउदै संस्थाको मुल उद्देश्य भनेको दुर्गम क्षेत्र र गरिबीको रेखा मुनी रहेका नेपालीहरुलाई सहज तरिकाले औषधि र स्वास्थ्य उपचार प्रदान गर्ने भएको स्पष्ट पारेका थिए ।
    शिक्षा र स्वास्थ्यलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा राखेको, संयुक्त राष्ट्रसंघले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै आफूले यही क्षेत्रमा काम गर्ने जमर्को गरेको बताए । राज्यको नीति पनि लोककल्याणकारी भएको हुँदा स्वास्थ्य क्षेत्रको विकास विना अन्य क्षेत्रको विकास अधुरो हुने बताए । ‘हाम्रो उद्देश्य दुर्गम क्षेत्र र गरिबीको रेखा मुनी रहेका नेपालीहरुलाई सहज तरिकाले औषधि र स्वास्थ्य उपचार प्रदान गर्ने हो,’ आत्रेयले भने । देशका बिभिन्न क्षेत्रमा स्वास्थ्य चौकी र एम्बुलेन्स सेवा दिने लक्ष्य पनि सुनाए । ‘स्वास्थ्यको लागि हाम्रो यस प्रयासमा सबैलाई सहयोग गर्न अनुरोध गर्दछौं,’ अवधारणा पत्रमा भनिएको छ ।
    आत्रेयकी हजुरआमा समाजसेवा तथा शिक्षाविद ललिता प्रसाईले आत्रेयलाई टेलिभिजनमा सामान्य औषधी उपचार समेत नपाएर ज्यान गएको घटनाहरु देखेर यस्तो सेवाको काम गर्ने प्रेरणा मिलेको बताइन् । उनले भनिन्, ‘मेरो पकेटमनिबाट सुरु गर्छु भनेर १६ वर्षको उमेरमा यो काममा लागेको हो । अहिलेसम्म धेरै कामहरु गरिसेकेको छ । यसलाई यो सोच सधै आइरहोस । हामीले हाम्रो समाजमा सधै सेवा गर्नुपर्छ’ ।
    संस्थाका सल्लाहकार राजकुमार उप्रेतिले आज विधिवत रुपमा स्थापित भएको ‘नयाँ उज्यालो फाउण्डेशन’ एउटा संस्थाको नाम मात्र नभएर स्वास्थ्यको क्षेत्रमा उज्यालो ल्याउने दाबी गरेका थिए । ‘स्वास्थ्यको पहुँच जनतासम्म नपुगिरहेको अवस्थामा यो संस्थाले काम गर्नेछ,’ उनले भने । उनले कोभिडको समयमा बिभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहयोग गर्ने देखि सचेतना फैलाउने सम्मका काम तिरन्तर रुपमा गरिरहेको प्रकाश पारेका थिए । ‘रेल अगाडी बढेको छ गन्तव्यमा नपुगेसम्म निरन्तर अगाडी बढ्नेछ । सरकारले केही काम गर्न छुटाएको रहेछ भने हामीले झक्झकाउन पर्छ,’ उनले भने ।
    नेपाली काँग्रेसका युवा नेता तथा पाँचखाल नगरपालिका मेयर महेश खरेलले आत्रेय कोइरालामा देखिएको सेवा भाव सबैका लागि उदाहरणीय रहेको बताए । नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापीत गर्न ठूलो भुमिका खेलेको कोइराला परिवारको कान्छो सदस्य समाजिक काममा लागेको भन्दै खुशी व्यक्त गरेका थिए ।
    यस्तै, बूढानिलकण्ठ नगरपालिका मेयर उद्वव प्रसाद खरेलले सानो उमेरमै आत्रेयले सबैलाई सेवागर्न हौसला दिएको उल्लेख गर्दै आगामी दिनको लागि शुभकामना दिएका थिए । ‘आगामी दिनमा उज्यालो फाउन्डेसनले उज्यालो छर्न सकोस, सानो काम गरेर ठूलो कुरा गर्ने भन्दापनि सानो संस्था भएपनि ठूलो काम गर्न सकोस मेरो शुभकामना छ,’ उनले भने ।
    संस्थाका सुवेक्षुक सुशिल उप्रेतिले गरिबीको रेखामुनी रहेका नेपाली जनतामा आधारभुत आवश्यता पुर्याउन हेतुले खोलिएको यस संस्थाको कामले आफुलाई खुसी मिलेको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु