तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दाङ कैलालीको पहिचान बन्दै बदिया भाले- के के बन्छ परिकार ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ १ गते, शनिबार १९:४७

दाङ कैलालीको पहिचान बन्दै गएको बदिया भाले अन्य जिल्लाको लागि भने नौलो नै मानिन्छ । बदिया भालेको महत्व बढ्दै गर्दा यसको मुल्य मनि आकाशियको छ। बदिया भाले लोकल भाले नै हो तर अन्य भन्दा फरक र स्वादिस्ट हुन्छ। तपाइले खसीको मासु खानु र बोकाको मासु खानुमा जुन भिन्नता पाउनु हुन्छ बदिया भालेमा पनि त्यस्तै हो । सुन्दा अचम्म लाग्न सक्छ ।भाले पनि खसी पार्न मिल्छ र भन्दा तर अचम्म मान्नु पर्दैन।

लोकल भाले पनि खसी परिन्छ र हुर्काएर महङ्गो मुल्यमा बेचिन्छ। स्वाद पुर्ण रुपमा फरक र स्वादिस्ट हुन्छ। बदिया भालेको बिभिन्न परिकार बनाएर महङ्गो मुल्यमा मेनुमा राख्न थालेका छन । खानाका सोखिन बर्गले बदिया भालेका परिकार खोजि खोजि खाने गरेका छन। बदिया भालेको मासु खदिलो र कसिलो तिख्खर स्वादको हुने हुदा धेरैको रोजैमा पर्न थालेको हो ।
बदिया भालेलाइ बन्ध्याकरण गरे पछि निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरु बताउँछन । भालेलाइ जति सक्दो चाडो खसी बनाउदा किसानलाइ फाइदा हुने हुदा कलिलो उमेर मै बन्द्याकरण गरि मासुको मात्रा बढाउने गरिन्छ । यद्यपि सानो उमेरमा भालेको अन्डकोष पनि सानो हुने, त्यसलाई पत्ता लगाई समाएर चुडाउन वा काट्न पनि अफ्ठ्यारो हुने हुँदा सामान्यतया भाले बास्ने उमेर भएपछी मात्र त्यसलाई बन्ध्याकरण गर्ने प्रचलन चलि आएको हो ।

के हो बदिया भाले के के बन्छ परिकार ?

बदिया भाले भन्नाले बन्द्याकरण गरेर अन्डकोष निकाल्ने प्रक्रिया हो। सामान्यतया ६ – ७ सय रुपैया प्रति किलोमा किनबेच हुने लोकल भाले बदिया गरेपछि रु ३,००० – ५००० सम्म किनबेच हुने गरेको पाइन्छ । बदिया गरेपछि भालेको यौन चाहना र सक्रियता कम हुन्छ जसले गर्दा पनि वजन ग्रहण गर्न सघाउ पुर्याउँछ । भाले बास्न सुरु गर्ने उमेर भनेको ४।५ देखि ५ महिनाको समय हो । त्यस बेला बदिया गरेपछि कम्तिमा ३ देखि ६ महिना थप पालेपछि मात्र मासुको लागि काटेर खाने वा किनबेच गर्ने गरिन्छ ।

बदिया भाले भन्नाले बन्द्याकरण गरेर अन्डकोष निकाल्ने प्रक्रिया हो। सामान्यतया ६ – ७ सय रुपैया प्रति किलोमा किनबेच हुने लोकल भाले बदिया गरेपछि रु ३,००० – ५००० सम्म किनबेच हुने गरेको पाइन्छ । बदिया गरेपछि भालेको यौन चाहना र सक्रियता कम हुन्छ जसले गर्दा पनि वजन ग्रहण गर्न सघाउ पुर्याउँछ । भाले बास्न सुरु गर्ने उमेर भनेको ४।५ देखि ५ महिनाको समय हो ।

त्यस बेला बदिया गरेपछि कम्तिमा ३ देखि ६ महिना थप पालेपछि मात्र मासुको लागि काटेर खाने वा किनबेच गर्ने गरिन्छ ।बदिया भालेको अन्य कुखुराको जस्तै करी,रोस्ट,चिल्लि,छोइला,सादेको,डामेको,सेकुवा,तास,झोल जसरी बनाएर खाए ता पनि स्वादिस्ट र स्वाश्थ्य बर्दक हुन्छ। बदिया भाले खाने यसका पारखीहरु हाइवय,कटेज तथा ५ नम्बर प्रदेशमा ग्राहकहरु बढेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु