• पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधानसरकार अल्झिन जरुरी छैन, पहिले स्थानीय तहको निर्वाचन गराउनुपर्छ : शेरबहादुर केसी

    राष्ट्रिय महिला आयोगले महिलाहरुको वास्तविक अवस्थाबारे तथ्यगत विवरण सहितको प्रतिवेदन बनाउने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ माघ २०७८, शनिबार २०:१२

    १ माघ २०७८ शर्मिला विश्वकर्मा, काठमाण्डौं

    राष्ट्रिय महिला आयोगले आर्थिक, सामाजिक, राजनीति लगायत विभिन्न १२ क्षेत्रमा महिलाको स्थितिको तथ्यगत विवरण सहित प्रतिवेदन बनाउने भएको छ ।

    राष्ट्रिय महिला आयोगद्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न मन्त्रालयका लैङ्गिक सम्पर्क व्यक्तिसँग छलफल गर्दै सम्वन्धीत मन्त्रालय अन्तर्गत महिलाका क्षेत्रमा सङ्कलन भएका विविध तथ्याङ्क उपलब्ध गराउन आयोगले आव्हान गरेको हो ।

    कार्यक्रममा महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगले समतामुलक समाज निर्माणका लागि नीतिगत सुधारका लागि महिला हिंसाका उजुरी सुन्ने, न्याय तथा उद्धारका सवालमा भएको नकारात्मक सोचलाई प्रष्ट पार्नका लागि आयोगले तथ्यगत विवरण ल्याउने बताउनु भयो ।

    त्यसै गरी आयोगका सचिव शैलजा रेग्मी भट्टराईले मुलुकको हरेक क्षेत्र र तहमा महिलाको सहभागिता बढेको भन्दै वास्तविक अवस्थाबारे तथ्यगत विवरण सहितको प्रतिवेदन बनाएर नीति निर्माणका लागि सुझाव दिने लक्ष्यले यस प्रतिवेदन बनाउने काम अगाडि बढाएको बताउनु भयो ।
    सो अवसरमा आयोगका सदस्य कृष्णकुमारी खतिवडाले आयोगको भवन बनाउन साथ दिन सरोकारवाला मन्त्रालयहरूसँग आग्रह गर्नु भयो ।

    कार्यक्रममा विभिन्न मन्त्रालयका लैङ्गिक सम्पर्क व्यक्तिहरूले आफ्ना मन्त्रालय अन्तर्गत भएका महिलाको विविध क्षेत्रको विवरण उपलब्ध गराएर सहयोग गर्ने बताउनु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु