
–शिव अधिकारी
बनाउ देश यो भन्दै वितेका दिन सम्झदा
कहाली लाग्छ के भोर भोकै नांगै लतारिदा
भोली खान मिले भैगो आज भोकै भएपनि
के भो र भोलीको लागि केही गर्न सकौ भनि ।। १ ।।
सडक्मा सुतियो छानो आकाशको थियो भर
खोपाको बास भो भोकै कस्ले यो दुःख देख्छर
राती पढ्न भनि लाग्यो एघार सम्म बज्दथ्यो
फर्केर जानु हो कहा त्यसै आतेस लाग्दथ्यो ।। २ ।।
सुत्यो सडकमै टम्मै निन्द्रा साथै भए पनि
निदाउनु त के हुन्थ्यो पर्खि रात वितोस भनि
खाते उदाउने कैले भोली बनाउने गरि
केही ताकत देखिन्छ हुर्केको मुजुरा सरी ।। ३ ।।
खान छैन पढाईको चिन्ताले किन पोल्दथ्यो
लाउन के थियो होला लुग्लुगी काम्नु पर्दथ्यो
राज्यको बास हो भन्थे राजधानी छ स्वर्ग यो
यै स्वर्ग नर्क नै हुन्थ्यो रित्तो पेट सधै थियो ।। ४ ।।
खाएको अरुले मिठो देख्दा थुक घुटुक्क नै
निलेरै म अघाएको सम्झन्छु तर आज नै
मैले के गर्न सकेर देश नांगो हुँदै गयो
म के हुँ देशको लागि केही गर्न सके भयो ।। ५ ।।


