–शिव अधिकारी
विहानै देखि छातीमा छट्पटीले गिजोल्दछ
गर्छौँ के विउँझियौ आज दिन साच्चै सुखान्तछ
घामले ठण्डि ढाकेर न्यानो चाहे जति दिने
पानीले दिलको मैलो सधै सफा बनाउने ।। १ ।।
पिउदै प्रकृतिलाई तृप्त हुन्छौ कति दिन
हे मान्छे किन पो आयौ लाग धर्ति सजाउन
गर्छौ के विउँझियौ मात्र लोभको रोगले पनि
सताए सरी देखिन्छ कमाउँ सम्पति भनि ।। २ ।।
कुदेकै र लुटकै छन भन्छन मान्छे त विग्रियो
यस्तै मात्र भए मान्छे हिलोमै उ लतारियो
अरुमा ध्यान केन्द्रित गरे बन्थ्यो कि देश यो
आफै मात्र बनौ भन्दा देश नै भत्किने भयो ।। ३ ।।
विद्यालय भरि साना नानी पढ्छौ भनि गए
पढेर पौरखी बन्थे राम्रो ज्ञान दिने भए
हुन्थे सबै दरो शक्ति देश बनाउने भनि
गर्दथे काम चम्केर जस्तै दुःख भए पनि ।। ४ ।।
तर शिक्षा बन्यो बाटो व्यापारीहरुको सबै
कमाउ भनि खोल्दै छन् विद्यालय यहा खुबै
के हुन्थो भ्रष्टको देश सम्बृद्ध शान्त सुन्दर
भ्रष्टाचारी नभा हुन्थ्यो देश यो गतिलो घर ।। ५ ।।