दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रिया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ ३ गते, सोमबार २०:११

३ माघ २०७८ शर्मिला विश्वकर्मा, काठमाण्डौं

बैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा सरकारले नीतिगत तथा व्यवहारिक पक्षलाई ध्यान दिनु पर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय महिला आयोगद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले नेपालबाट सिप र भाषा नसिकी महिला तथा पुरूष जनशक्ति वैदेशिक रोजगारीमा जाँदा ठगिने, हिंसामा पर्ने जोखिमलाई न्युनिकरण गर्न आफु जाने गन्तव्य देशको भाषा,कानुन त्यहाँ गर्ने कामको सम्वन्धमा निपूर्ण भएर जानुपर्ने बताएका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवले सरकारका नीतिको कार्यान्वयन र वैदेशिक रोजगारीमा बढि जाने वर्ग, क्षेत्रका महिलाका लागि सम्वन्धीत क्षेत्रमै पुगेर रोजगारीमा जाँदा अपनाउनु पर्ने सावधानी, सिप र भाषाको बारेमा जागरण फैलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भूषालले वैदेशिक रोजगारको सन्दर्भमा नेपाल सरकारले बनाएका नीति, राष्ट्रिय÷ अन्तराष्ट्रिय मञ्चमा यस सम्वन्धी हुने कार्यक्रम र बहसमा ‘बैदेशिक रोजगारी’ सन्दर्भमा उठ्ने सवालको बारेमा चर्चा गर्नुभएको थियो ।
त्यसै गरी उक्त मन्त्रालयका उपसचिव भूषालले दक्षिण एसियामा जनशक्ति विदेश पठाउने मुलुक मध्ये नेपाल पनि एक भएकोले घरेलु कामदारको रूपमा वा अदक्ष कामदार पठाउनु भन्दा दक्ष, नर्स, इन्जिनियर लगायत अन्य प्राविधिक क्षेत्रका लागि उपयुक्त सिप दक्षतायुक्त जनशक्ति वृद्धि गर्दै जोखिम कम गर्न सकिने सुझाव दिनु भयो ।
कार्यक्रममा महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले परिवारलाई आर्थिक सहयोग गर्ने लक्ष्यले बिदेशिने महिलाले भोग्नु परेको मानसिक तथा शारीरिक र आर्थिक हिंसाको विषयलाई नीतिगत परिमार्जन गरी सम्वोधन गरिनु पर्ने भन्दै सरकार समक्ष सम्वन्धित सङ्घ संस्था र सरोकारवाला निकाय मार्फत सङ्कलित सुझाव पेश गर्ने बताउनु भयो ।
त्यसैगरी सोही आयोगका सदस्य कृष्णकुमारी खतिवडाले नेपाली महिलाको बैदेशिक रोजगारीमा जानु रहर भन्दा पनि बाध्यता बढि भएकोले रोजगारीमा जाँदा हुने जोखिम कम गर्ने तर्फ सरकारले सोच्नु पर्ने कुरामा जोड दिनु भएको थियो भने राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले बैदेशिक रोजगारमा जाने नेपालीको मानव अधिकार हनन् हुन नदिन आयोगले कतार, मलेसिया लगायतका मुलुकसँग सम्झौता नै गरेर अगाडि बढेको जानकारी दिनु भयो ।
कर्यक्रममा आप्रवासी महिला कामदार समुह (अमकास)का कार्यकारी निर्देशक विजया राई श्रेष्ठले स्वेदेशमै रोजगारीको सिर्जना, विदेशमा काम गरेर फर्केका महिलाको दक्षताको यही सदुपयोग गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा महिला बालबालिका तथा मानव बेचबिखन विरूद्धको कार्य समुह (एटविन ) का कार्यकारी निर्देशक बेनुमाया गुरूङले बैदशिक रोजगारका विषयमा आवश्यक तथ्य, तथ्याङ्क उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु