तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ ४ गते, मंगलवार १६:४५

भक्तपुर, ४ माघ २०७८
मानव अधिकार संचार प्रतिष्ठान नेपालको आयोजनामा भक्तपुर जिल्लामा क्रियाशिल नागरिक समाजका व्यक्तिहरुलाई मानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्न भयो ।
तालिमनमा स्थानीय जनप्रतिनिधिहरु, मानव अधिकारकर्मीहरु, नागरिक समाज संघ संस्थाहरुको प्रतिनिधिहरु सहितको उपस्थितिमा मानव अधिकारको ऐतिहासिक पृष्ठभुमि, राष्ट्रिय मानव अधिकार कार्ययोजना, र स्थानीय तहमा यसको आवश्यकता र कार्यान्वयको अवस्था, चुनौतिहरु, लगायत विषय बस्तुहरुमा रहेर प्रशिक्षक निराजन थपलिया, प्रशिक्षक सन्तोष सिक्देल, र प्रशिक्षक मीना शर्माले सहजिकरण गर्नु भएको थियो ।
तालिममा सहभागीहरुले चाँगुनारायण नगरपालिका भित्र मानव अधिकारको वर्तमान अवस्था कार्यान्वयनको वस्तु अवस्था सहित चित्रण गर्दै कार्ययोजना तयार पारि चार समुहमा विभाजन भएर छलफल गरि प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त कार्ययोजनालाई अन्तिम रुप प्रदान गर्न नगरपालिकामा गठ्न भएको मानव अधिकार टाक्स फोर्स कमिटीले आवश्यक छलफल गरि नगरपालिकाका बुझाउने विधायक समितिका सदस्य सरुना परियारले बताउँनु भयो ।
कार्यक्रमको समापन सत्रमा उपस्थित हुर्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले मानव अधिकारको कार्यान्वयनको अवस्थामा चाँगुनारायण नगरपालिका अगाडि रहेको र नागरिक समाज संघ संस्थाहरु सँग समन्वय सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको कुरा बताउँदै, मानव अधिकारको विषयमा नगरपालिका सदैव गम्भिर भएर कार्यक्रमहरु संचालन गरि रहेको र तालिम बाट बनेको कार्ययोजनाको बाट प्राप्त राय, सुझाव सल्लाहहरुलाई आवश्यकताको आधारमा ग्रहण गर्र्दै नगरपालिकाको नीति तथा कार्यक्रमको माध्यम बाट समेटेर अगाडि बढ्ने नगर प्रमुख मिश्रले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
तालिम कार्यक्रमको समापन गर्दै इह्रिकनका अध्यक्ष मीना शर्माले नागरिक समाज र स्थानीय तहमा मानव अधिकारको कार्यान्वयन गर्न र नागरिक समाजको क्षमता अभिवृद्धि गर्न स्थानीय तहहरु सँग सहकार्य गर्दै मानव अधिकार सुनिश्चित गर्न लागि पर्न र संस्थाले आवश्यक साथ सहयोग गर्न तयार रहेको कुरा व्यक्त गर्दै तालिममा सहभागि र सरोकारवालाहरुलाई धन्यवाद व्यक्त कार्यक्रम समापन गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु