
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ साताको कारोबारको चौथो दिन आज बुधबार उच्च अंकले घटेको छ ।
आज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से १०.७८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६६ विन्दुमा थामिएको थियो । त्यस्तै, आज कारोबार रकममा पनि घटेको छ । आज ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको छ । मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको थियो ।


