दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रोग यो फाल्नुपर्छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ ७ गते, शुक्रबार ८:००

–शिव अधिकारी
यो धर्तिमा जति जति कुरा देखिदैछन अनेक
सिर्जेका छन युग गति सगै खेल्दछन भै उदेक
पैल्यै देख जीवन गति यो चल्दथ्यो सुस्त सुस्त
मान्छे मात्रै सुख सयलको खोजिमा हुन्छ मस्त ।। १ ।।

यस्तो आयो चलन सबको भन्दछन युग अर्कै
रुघा खोकि अव बदलियो कोरोना भो सरक्कै
जाडो लाग्दा ज्वर सहितको खोकी लागि रहन्थ्यो
मान्छे मर्थे हृदय गतिनै ठण्डिले बन्द हुन्थ्यो ।। २ ।।

ऐले त्यहि कोरोना भनियो हो चिसोको छ चाल
व्यापारिको सहज बनिगो चौगुनाको कमाल
नामै यस्को कोरोना भनियो फेरि डेल्टा वन्यो रे
अयो फेरी ओमिक्रोम पनि नाम अर्कै भयो रे ।। ३ ।।

यो रोक्ने हो भनि अधमले उद्योगै पो चलाए
लाउ खोप घरि घरि भनि बेसरी नै कमाए
व्यापारिको चमक छ अहिले कारखाना चलेको
तिन्कै जे जे जति छ सबले आज किन्नु परेको ।। ४ ।।

मान्छेलाई घर घर थुनि आफु जागि रहेका
साना साना मुलकहरुको काम बन्दै गरेका
औषधी हो भनि ति लुटाहा जे बनाई रहेछन
किन्छन उन्कै उपज विचरा अज जो त्राशमा छन ।। ५ ।।

यो क्यै होइन अबत दुनिया छल्न आयो कोरोना
रुघा खोकि किन हुन पुग्यो कमाउने बहाना
पैले पैले पनि यही रुघा सर्दथ्यो दुःख दिन्थ्यो
त्यस्तै यो हो उहिले पनि ख्वै रोगले ज्यान लिन्थ्यो ।। ६ ।।

यसैलाई करोना अनिके डेल्टा फेरि ओमिक्रोम
वि टु आयो अरु अझ कति खोपको बढ्छ उद्यम
लायो खेप अनि घरि घरि बुष्टर सुष्टर भनेर
बुझौ ठग्छन अधमहरुले त्राशमा नै उनेर ।। ७ ।।

तातो पानी नुन अलिकति राख्नु बेशार राम्रो
टिपी पातै तुलसी अदुवा जिम्मु टिमुर छ हाम्रो
गाँजालाई अलिकति टिपि त्यै पात उमाल्नु पर्छ
तातो पानी घरि घरि पिउदै रोग यो फाल्नु पर्छ ।। ८ ।।

किन अब युग बद्ल्यो भो अचम्मै अचम्म
नकल अरुको नै बेश भूषा छ टम्म
स्वचलन सब विर्सि अरुकै आश गर्ने
कसरी अधमहरुले जे गरे त्यै उतार्ने ।। ९ ।।

जडिबुटि अव खोजौँ औषधी लौ बनाउँ
हिमगिरि तल आजै जे छ त्यो खोज्न जाउँ
सिलाजित छ त्यही पाँच औले सतुवा
धनजति छ याही किन बन्नु भतुवा ।। १० ।।

जलधी झरि रहेको संजिवनी छ त्यही
हरहर गरि न्वाई लाउदै जाई जुही
ढकमकछ फुलेको गुराँसे जंगलैमा
परिश्रम अब पोखौ अउ आफ्नो घरैमाा ।। ११ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु