दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साल्ट ट्रेडिङ संचालक समिति अध्यक्ष एवम् पूर्व सांसद लक्ष्मीदास मानन्धरको निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ ७ गते, शुक्रबार १९:०६

काठमाडौं- पुर्व सासंद समेत रहेका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ । ९३ बर्षको उमेरमा बिहिबार साँझ काठमाडौं स्थित ह्याम्स अस्पतालमा उनको निधन भएको हो । मानन्धर २०५८ मा राष्ट्रियसभाको सांसद बनेका थिए । लामो समय देखी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संचालक समिति अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका उनी राष्ट्रिय उद्योगी व्यवसायी महासंघको अध्यक्ष समेत थिए । स्वर्गिय मानन्धरले नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्य र नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षको जिम्मेवारी पनि वहन गरेका थिए ।

नुनका अन्य कारोबारी सहित निजी क्षेत्र र सरकारको संयुक्त लगानीमा २०२० साल भाद्र २७ गते स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संस्थापक पनि हुन उनी । भारतको साँवरबाट नुन खरिद गरि नेपाल भित्र कारोबार गर्दै गर्दाको अवस्थामा उनी साल्ट ट्रेडिङमा जोडिएका थिए । नेपालमै पहिलो पटक मोजा उद्योग संचालन साथै पेट्रोल् पम्प, आयात निर्यात, प्लास्टिक उद्योग, खाद्य गोदाम, राइस मिल आदीमा लगानी गरेका उनी नेपालको प्रतिष्ठित उद्योगपती एवम् व्यवसायीमा गनिन्छन् । मानन्धर उद्योगपती, वाम राजनीतिज्ञका साथसाथै भाषासेवी, समाजसेवी र धर्मसेवी समेत थिए ।

दिवंगत मानन्धरको शुक्रबार शोभा भगवती स्थित ईन्द्रायणीमा अन्त्येष्टी गरिएको छ । उनको अन्तिम बिदाईमा घरपरिवारका सदस्य र साल्ट ट्रेडिङ परिवारका अलवा पूर्व मन्त्री, सांसद, राजनीतिज्ञ, उद्योगपती, उपभोक्तावादी, समाजसेवी,भाषासेवी, धर्मसेवी एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको थिए ।

स्वर्गिय मानन्धरको जन्म काठमाडौको ठहिटीमा बि. स. १९८५ मंसिर ४ गते भएको थियो । उनका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु