दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री देउवालाई एमाले नेता रामेश्वर फुयाँलको प्रश्न : के यो त्यही २०५९ को अवस्था सिर्जना गर्न खोजेको हो ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ ८ गते, शनिबार २०:२९

काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद रामेश्वर फुयाँलले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । उनले आगामी २०७९ जेठ ६ गते विहान १० बजे नै स्थानीय तहको कुर्सीमा निर्वाचित जनप्रतिनिधिहरुले शासन गर्न पाउने व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘निर्वाचनकेन्द्रित’ विशेष साक्षात्कारमा बोल्दै नेता फुयाँलले देशमा अनिर्वाचित सत्ताको संविधानले परिकल्पना नगरेको स्पष्ट पारे । उनले भने,‘जनताबाट निर्वाचित प्रतिनिधिले नै देश बनाउने हो । ०५९ सालमा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुहुन्थ्यो, हामी निर्वाचित प्रतिनिधि थियौं । उहाँले त्यतिखेर निर्वाचित निकाय खाली गर्नुभयो । आज हामीले बनाएको संविधान छ, यो संविधानले अनिर्वाचित सत्ताको परिकल्पना गरेको छैन् । र, अनिर्वाचित सत्ता एक पल पनि चल्दैन् । त्यसो भएको हुनाले आगामी २०७९ साल जेठ ६ गते १० बजे स्थानीय तहको कुर्सीमा निर्वाचित प्रतिनिधिहरुको शासन हुनुपर्छ । यो हाम्रो माग हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले स्थानीय तहको निर्वाचन बैशाखमा नै गर्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले संघीय संसद्को चुनाव बैशाखमा गर्ने कुरा पनि आएको सुनियो, गहुँ काट्ने चुनाव धान काट्ने बेला, गहुँ र धान त्यही खेतमा काट्न सम्भव छ ? यो गोलमाल गर्ने, अव्यवस्था गर्ने, के यो त्यही ०५९ को अवस्था सिर्जना गर्न खोजेको हो ? बानी लागेपछि त्यस्तै–त्यस्तै तलतल लागेको हो । यो परमादेशको सरकार हो । परमादेशमा पनि यसले कार्यकालभरि त काम गर्नुपर्छ । प्रदेश सभा त्यसै भंग हुन्छ ? कानूनी र संवैधानिक प्रावधान हेर्नुपर्छ ।’

उनले निर्वाचित जनप्रतिनिधिहरुविहीन स्थानीय तह बनाउन नहुने दोहोर्याए । उनले स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल संविधानमा नै ५ वर्षको तोकिएको सुनाए । संविधानको धारा २२५ त्रुटिपूर्ण थियो या थिएन त्यो विषयमा पछि छलफल गर्ने उनको भनाई छ । उनले लोकतन्त्रलाई राम्रो र बलियो बनाउनको लागि संविधानले राम्रो व्यवस्था गरेको दाबी गरे ।

२०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको स्मरण गराउँदै अब पहिलो चरणको निर्वाचनलाई कानूनी मान्यता दिने भनिएको पनि बताए । उनले भने–‘अहिले स्थानीय तहको निर्वाचनको बेला भएको छ । यो ठीक बेला छ । कानून र संविधानले पनि यही व्यवस्था गरेको छ । यसमा ढिलाई गर्नुहुँदैन् ।’ नेता फुयाँलले भने–‘परमादेश सरकारले परमादेश मान्छ कि मान्दैन् ? यो प्रश्न नेपाली जनताले उठाउनुपर्छ । स्थानीय तहको निर्वाचन पहिला हुनुपर्छ । अरु जोड्न खोजिएको भनेको गोलमाल गर्नको लागि हो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु