–शिव अधिकारी
चटकीको नपरौ फेला
हाम्रै कला संस्कृति खाईदेला
तिनकोटी दिमागको एउटा सिंगो देश
सबै मिली यै देशलाई बनाउनु बेश
खेतबारी बाँझै राखी रोजगारी खोज्न
नजाउ है कुनै देश आउ बारी खन्न
चटकीको नपरौ फेला
हाम्रै कला संस्कृति खाईदेला
संसारले धर्ति छाडी चन्द्रमामा टेके
त्यतिमात्र होईन हेर मंगल ग्रह भेटे
तिन्कै ऐले चुरीफुरी तिन्कै ठूलो धाक
खाडी तिर लाग्नु हुन्न त्यो हो कुम्भीपाक
चटकीको नपरौ फेला
हाम्रै कला संस्कृति खाईदेला
बुझि यस्तो पौरखीको करामत ठुलो
गरौँ काम बैरी जति होलान सबै धुलो
पानी दिन्छ अकाशले हावा चल्छ मन्द
युवा जति विदेशीय देश होला बन्द
चटकीको नपरौ फेला
हाम्रै कला संस्कृति खाईदेला
यै जानेर पाखा पर्वत जडिबुटि खोजौ
अनमोल हो प्रकृति यो यस्कै काख रोजौ
कोरोनाको नाम लिदै सबै खुईलिसक्यो
व्यवसाय सबै बन्द व्यापारीले डस्यो
चटकीको नपरौ फेला
हाम्रै कला संस्कृति खाईदेला
यस्तै हल्ला पछिलागे सकिन्छ संसार
रुघा खोकी लागेको हो कोरोना भो सार
रुघा खोकी ज्वरो जति आउथ्यो पैले पनि
निमोनिया लागि मर्थे मान्छे त्यसै भनि
चटकीको नपरौ फेला
हाम्रै कला संस्कृति खाईदेला
त्यै रुघाले कोरोनाको नाम पायो किन
वहुराष्ट्रि कम्पनीको चम्किरैछ दिन
आफ्नै घरको वेसार र अदुवा पिसेर
तुलसीको पत्ताहाली खाऊँ उमालेर
चटकीको नपरौ फेला
हाम्रै कला संस्कृति खाईदेला
औषधी हो जडिबुटी कान्ला तिर खोजौ
निको हुन्छ सबै रोग जटिबुटी रोजौ
एमसिसिको जहरले डस्ने तयारीमा
स्वाभिमानी नेपालीलाई भुट्दैछ हाँडिमा
चटकीको नपरौ फेला
हाम्रै कला संस्कृति खाईदेला
यस्तो कुरा बुझि सबै एक जुट हुदै
दलालको पञ्जाबाट देश मुक्त गर्दै
विकासको लहरले नेपालीको सान
उचो राखौ तस्करलाई घुयत्राले हान
चटकीको नपरौ फेला
हाम्रै कला संस्कृति खाईदेला