
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१७ हजार ४३७ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।यो अवधिमा ४ जना संक्रमितले ज्यान गुमाएका छन् भने १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।अघिल्लो दिन देशभर १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६ जनाको मृत्यु तथा ७०८ जना संक्रमणमुक्त भएका थिए ।


