दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विदेशमा घुमी घुमी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ १० गते, सोमबार ८:०२

–शिव अधिकारी
धेरै छन चटकी आज डस्छन निर्धा चुनी चुनी
लुट्छन संपत्ति ती जम्मै भ्रष्टाचारी भए धनि
गरिवहरुले यिन्कै भरोसा खोज्न पुग्दछन
मौका मिलाउदै यिनै फेरी तम्सेर डस्दछन ।। १ ।।

कोही अजिर्ण छन खाई धेरै भोकै निदाउँछन
नांगो शरिर जाडोमा कठ्यांग्रिदै विताउछन
डस्छ नेता यिनैलाई रित्तो पेट भए पनि
विचरा कति हो बाचुन दुःखका दिन हो गनि ।। २ ।।

केही नौलो नयाँ फेरी देखिएन कतै पनि
गाउँलेहरु पर्खन्छन भोली क्यै हुन्छ की भनी
तर त्यस्तो कुनै भोली आएन आँउदैन की
खान लाउन टारियो खेत बारी सबै सकी ।। ३ ।।

नमिठो लाग्छ यो जीवन कष्टको साधना बन्यो
सुख सयल जे जे हो सधैको चाहना भयो
खाली पेटछ बच्चाको भोकले छट्पटाउछन
के खान दिनु ख्वै ऐले रित्तो थाल ठटाउछन ।। ४ ।।

यो सोचि अब क्यै गर्न लाग हे अगूवा अब
यो धर्ति स्वर्गको टुक्रा बनाउ हुन्छ गौरव
युवाको जोश देशैमा पौखौ रंगिन्छ यो भूमि
नफाल समय खेर विदेशमा घुमी घुमी ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु