तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

स्वस्थानी समय संगै परिमार्जित कथा बनेको छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ १० गते, सोमबार ८:१२

देवु पराजुली
स्वस्थानी समय संगै परिमार्जित कथा बनेको छ

दक्षप्रजापतिले सती देवीलाई राज्य सुप्पन खोजेकै हो
मन नपर्दो ज्वाई परे पछि सम्पति दिएनन्
जुन आज पनि यस्तै छ।
शक्तिशालीले निर्धालाई आज पनि उसै गरी दवाउछन्
जसरी दैत्यले देवतालाई दवाए
शक्ति संचय गर्न आज पनि चाकरी गर्छन्
जसरी भगवानको स्तुति गरे।
साम दाम दण्ड भेदले आज चुनाव जिते जस्तै
त्रिपुरा दहन भयो सम्पु्ण शक्ति लगाएर।
मायामा आज पनि मान्छेले आफन्त विर्सन्छ
शिवजीले सतिदेवी बोकेर हिडे।
कथा पढ्दै र सुन्दै जादा
मैले वर्तमान संग तुलना गरे
लगभग शक्ति सदुपयोग भन्दा दुरुपयोग
ठ्याक्कै मिलेकै छ
अहिले संग,
समाजका वर्तमान छरपष्ट घट्ना
तुलना गर्दै जादा
आज पनि थुप्रै गोमाहरु छन्
जो गर्भवती वनेर शहरमा पति पर्खिरहेछन्
अनि आफ्नो टुहुरो सन्तानको सुन्दर भविष्य खोज्दैछन्।
विष्णुले वृन्दाको सतीत्व लुटे जस्तै
अर्काको श्रीमतीको अस्तितव लुटेर घर भाड्नेहरु यत्र तत्र छन्
गरीवीमा गोमाको जस्तै इमान्दारीता कायमै छ,
थुप्रै चन्द्रावतीहरु सासुससुरा गाउँ छोडी शहर पसेका छन्
समय फेरीयो
तर अवस्था उस्तै छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु