दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए द्वारा गठित उच्चस्तरीय समितिले डेलिगेट्स विवाद सुल्झाउने म्याद १० दिन थप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ १२ गते, बुधबार ७:५७

काठमाडौं –गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा गठित उच्चस्तरीय समितिले डेलिगेट्स विवाद सुल्झाउने म्याद १० दिन थप गरेको छ । गत माघ १ गते बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठकले बुधबार (माघ १२) गते भित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई कार्यादेश दिएको थियो । त्यसयता संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित सात सदस्यीय समितिले तीन पटक बैठक गरिसकेको छ ।
मंगलबार बसेको बैठकमा संयोजक घलेले अहिलेसम्मको प्रगतिबारे जानकारी गराउंदै डेलिगेट्स विवाद सुल्झाएर विधानसम्मत मतदाता नामावली तयार गर्न १० दिन (आउँदो २२ माघ सम्म) कार्यावधि थप्न प्रस्ताव गरेको स्रोतले जनायो । उक्त प्रस्ताव छलफल पछि सर्व सम्मतिले पारित गरिएको थियो । त्यस्तै बैठकले एक कानुनी परामर्श समिति र एमआइएस (मेम्बर्शिप इन्फरमेसन सिस्टम) का समस्या समाधान गर्न अर्को कार्यदल बनाउने निर्णय गरेको छ । संयोजक घलेसंग परामर्श गरी समिति र कार्यदल गठन गर्न बैठकले अध्यक्ष कुमार पन्तलाई जिम्मा दिएको छ ।
बैठक पछि जनसवालसंग कुरा गर्दै बैठकमा सहभागी एक पूर्व अध्यक्षले अहिले सम्म तीन ओटै बैठकहरु सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको बताए । “हामीहरुले सकभर फेब्रुअरी २०२२ भित्रै महाधिवेशन र चुनाव गर्ने गरी काम अगाडी बढाई रहेका छौं,’ उनले भने । घले नेतृत्वको उच्चस्तरीय समितिको सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरू जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, संरक्षक रामप्रताप थापा र अध्यक्ष कुमार पन्त रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु