दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आफै अगूवा बनि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ १४ गते, शुक्रबार ८:२७


–शिव अधिकारी

संसारै चकमन्न भो किन यहाँ मान्छे बने अल्मल
इमान्दार विचार शुद्ध मनको देखिन्न ख्वै श्यामल
आफैमात्र लुटुपुटु धन जति जम्मा गरौ भन्दछन
त्यस्तो संस्कृति बन्न गो यदी भने भत्किन्छ आधार झन ।। १ ।।

मेरो यो घर सम्पत्ति सब यसै सारा छ श्रृष्टि पनि
यस्तै सम्पत्तिमा ढलिमलि गरि बस्ने ठूलो हौ भनि
साना हुन ती सबै जति सडकमा मागेर बाँच्ने हरु
संपत्ति जति साथमा छ ति सबै मालिक छन के गरु ।। २ ।।

जे जे सम्पत्ति हुन्छ यो भूवनमा साझा सरोकारको
जस्ले गर्छ समाल्न ताकत लिइ त्यो हो सदाचरको
भन्ने होस पुर्याई काम गरदा धनिहरुको पनि
संपत्ति शुख भोगको लहरमा आधार बन्ला भनि ।। ३ ।।

मान्छे यो युुगका सबै धनि भए संसार बन्ने थियो
सारा संपत्तिको सुसाशन हुदाँ साच्चै समस्या टर्यो
केही रोग अनेक झंञ्जट सबै छेवै नपर्ने गरि
के छुन्थ्यो दुःखले सबै जनहरु हुन्थे कुवेरै सरी ।। ४ ।।

यै सोचि गरि काम धर्ति सबको बन्ला सजिलो गरि
बाटो सुन्दर शान्तिको लहरमा चल्थे रमिता सरी
यै जानी अव लाग्नु पर्दछ सबै संसार हाक्छु भनि
विश्व संस्कृतिको मुहान बनि द्यौ आफै अगुवा बनि ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु