दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पछिल्लो २४ घण्टामा ५,४३२ जनामा कोरोना संक्रमणबाट मुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ १४ गते, शुक्रबार १८:०७

काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत १० जनाको मृत्यु भएको हो ।

आज थपिएका १० जनासँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६९७ पुगेको छ त्यस्तै आज ६,८२७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १९ हजार ८६९ नमु्ना परीक्षणमा ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज उपत्यकाको काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ गरी २,९४० जना संक्रमित भएका छन् । बिहीवारको तुलनामा आज उपत्यकामा संक्रमित हुनेको संख्या केही घटेको हो ।

आज थपिएका ६ हजार ८२७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ६७ हजार ६६८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५,४३२ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५,४३२ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख ४२ हजार ३३६ पुगेको छ ।

मन्त्रालयको विवरण अनुसार हाल ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ८८ हजार ८४ र १८५७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै २५६ जना आइसीयु र ४५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १ लाख २८ हजार ५६३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु