
–शिव अधिकारी
बाबा संझिई नेत्र टम्म भरिए पोखिन्छ की झैै गरी
देख्छु शोभन सान मान मनको ढोका उघारे सरी
आफ्नै आगनीमा सरक्क सग क्यै विछ्याउँ सिघासन
बाबा आउनु होस्न शान्ति पथ यो बाँकी छ सम्याउन ।। १ ।।
मान्छे क्रुर बनेर आपस लडि आतंक मच्चाउछन
आफ्नै संन्तति भित्र छिद्रछ ठूलो विद्रोहमा डुब्छ झन
धर्ति कामी रहेछ फेरी पनि यो डुब्दैछ की झै भयो
बस्ती बस्ती सखाप छन समरमा कस्ले भरोसा दियो ।। २ ।।
यस्तो आपतिमा हजूर अगूवा हामी सबैको भर
साँच्चै यो अलपत्र जीवन कहा छोडी गएको पर
खोज्छु देख्न कदापी दृष्टि धमिलो यो हुन्छ की त्यो पनि
संझिन्छौँ सब कल्पना पूरित छन आधार खम्वा बनि ।। ३ ।।
कस्तो क्रुर विछोडको दिन थियो त्यो माघ नौ संझदा
दुईहजार पैसठ्ठी छाति भरिनै पीडा सरी भो सदा
मात्रै संझन बाँकी हामी सबको आधार जीवन्तको
बन्दै अग्रगति समात्न अहिले खोज्दैछु संसारको ।। ४ ।।
बाबा जानु भयो वहा पछि पछि आमा पनि लाग्नु भो
के साथै हुनुहुन्छ की कुन दिशा छुट्टै भई बस्नु भो
साथै बस्नु हवोस सदा शुखी बनि अदृश्य संसारमा
मुक्तिनाथ स्मृति बनेछ सबको झल्को बाबा धाममा ।। ५ ।।
यौटा यै सुभगा छ छात्र बृतिले निर्धाहरुको भलो
राख्छौ त्यै घर गाउँमा हजूरको छाया सधै चम्किलो
ओराली र उकाली काडी पसिना हिड्नु भएको क्षण
संझि अंञ्जली पूर्ण आज जलले गर्छौ सधै अर्पण ।। ६ ।।
हाम्रो संझन मात्रमा छ अहिले त्यो आकृति झल्मल
पाशुपत्य समिप बागमतिले गर्दै थिईन कल्कल
यौटा अग्नि प्रज्वलितै दिप पनि खाएछ त्यो जिवन
श्रद्धा अर्पण गर्दछौँ हजूरको स्मृति संगाली कन ।। ७ ।।


