तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

श्रद्धाको फूल अर्पी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ १६ गते, आईतवार ७:०८

-शिव अधिकारी

केही संझन शक्तछौँकी अहिले यो माघको सोरले
यौटा सुद्ध सुसाँस्कृति सबलता झागिन्छ जो कर्मले
लड्ने शक्ति सधै सुरक्षित गरि अर्पी वलि वेदिमा
आफ्नो जीवन त्याग्दछन ती धरणीलाई लिई शिरमा ।। १ ।।

चुनौती नरभक्षीको बनि अडे कैल्यै नदब्ने गरि
माफि माग्न सकिन्न सद्गति सगै भन्थे ति जान्छौ मरी
तिन्कै ताकतले सधै सबल भै यो देश हाक्ने गरे
कोही हुन्न दुःखी समान सबको रक्षार्थ लागि परे ।। २ ।।

श्रृष्टिको सब पारखीछ रटना को भन्न यो सक्छर
द्यौताको महिमा अनेक छ यहाँ कस्ले सबै बुझ्छर
बुझे पुग्छ बरु शहिदहरुको त्यो त्याग जे जे थियो
तिन्कै शक्ति सगर्व जो सपुतले बाले र छाडे दियो ।। ३ ।।

त्यै बत्ति झलमल्ल देख्छु अहिले जे काम गर्दा पनि
आफैँ झाँगिन सक्नु पर्छ सबले आधार तिन्कै बनि
जिवन् के छ र त्यो जति शदिले शिक्षा दिएको सबै
बुझ्नु पर्छ यहाँ सुसाशन हवोस गल्ति नगर्नु कवै ।। ४ ।।

यस्तो सोच हुँदा हुँदै सब कुरा विर्सेर आफु भनि
कैल्यै मर्दिन झै गरेर दुनिया लुट्ने अगूवा बनि
त्यस्तालाई धिकार गर्छ दुनिया के हो र त्यो पौरख
सारा विक्रिति नास्न जीवन दिए लाईहसिलो मुख ।। ५ ।।

यस्तो सौम्य सुवास युक्त महिमा सिर्जेर जने जति
हाम्रा ति अविभवकै बनिरहे यो युगका संंपत्ति
संझि विर शहिदलाई सबले संसार हाँक्ने गरि
जाग्नु पर्दछ आज हुर्मत लिदै जे जे भए मन्परी ।। ६ ।।

भ्रष्टाचारी र क्रुर साशक सगै लड्दा मरेका जति
तिन्कै ताकतले विराशत ढल्यो राणाहरुको कति
त्यस्तो जानी इमान बुद्धि बलको चल्ला यहा साशन
श्रद्धाको फूल अर्पी लाग्नु छ सबै दुनियाँ बिउँझाउन ।। ७ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु