दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जनामा कोरोना संक्रमणबाट मुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ १९ गते, बुधबार १७:०५

काठमाडौं । नेपालमा आज ३ हजार ६३७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ११ हजार ५८२ नमुना परीक्षणमा ३ हजार ६३७ जना संक्रमित थपिएका हु्न् ।

आज थपिएका ३ हजार ६३७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ९० हजार ६२४ पुगेको छ ।

आज काठमाडौंमा ८६८, ललितपुरमा १७० र भक्तपुरमा ८५ जना गरी उपत्यकामा ११२३ जना संक्रमित थपिएका हुन् । मंगलवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही बढी हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७ हजार ५५५ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख ७८ हजार ७२० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७६४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ लाख १५ हजार ७९३ जनामा कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म ३ करोड २४ लाख ५८ हजार २९९ मात्रा खोप लगाइएको छ । ती मध्ये १ करोड ७१ लाख २४ हजार ८६७ जनाले पहिलो मात्रा र १ करोड ४८ लाख २८ हजार ९५३ जनाले पुर्णमात्राको खोप लगाएका छन् ।त्यस्तै हालसम्म ४ लाख ८४ हजार ९९ जनाले अतिरिक्त मात्राको खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु