
काठमाण्डौं । नेपालमानै पहिलो पटक अनलाइन माध्यमबाट बालबालीकाहरुको ल्याब प्रर्दशनी सुरु भएको छ ।
तारकेश्वर नगरपाली ९ स्थीत एन्जल्स् नेश्नल स्कुल तथा एन्जल्स किड्सको आयोजनामा आज देखि अनलाइन प्रर्दशनी सुरु भएको हो । प्रर्दशनीमा जुम मार्फत विद्यालयमा अध्ययनरत ५ बर्ष मुनिका बालबालीकाहरुले ल्याबसंग सम्बन्धीत सामग्रीहरु प्रदर्शनी गर्ने छन् ।
कोरोना महामारीका कारण विद्यालय बन्द भएपनि बालबालीकाहरुको सिकाइ प्रभावीत नहोस भन्नका लागि प्रर्दशनी आयोजना गरिएको विद्यालयका प्रिन्सीपल टक बहादुर थापाले बताउनुभयो । अनलाइन ल्याब प्रदर्शनी माघ २१ गते सम्म चल्ने छ । प्रर्दशनी बिहान ८ बजे देखि ११ बजे सम्म तिन घण्टा चल्ने छ ।
कोरोना महामारीका कारण बालबालीकाहरुको लागि अनलाइन मार्फत अध्ययन गरिएपनि यस प्रकारको प्रर्दशनी भने अहिले सम्म भएको छैन् । अनलाईन ल्याब प्रदर्शनीमा बिद्यालयमा अध्ययनरत ११७ जना बालबालीकाहरु सहभागी हुने छन् ।

अनलाइन मार्फत आज सुरु भएको प्रर्दशनीको तारकेश्वर प्याबसनका अध्यक्ष धनबहादुर पुन, विद्यालयका अध्यक्ष लिल बहादुर पुन, विद्यालयका डाइरेक्टरहरु एम बहादुर छन्त्याल, दिल बहादुर बुढाथोकी र एम बहादुर मल्लको सहभागीता रहेको थियो । ल्याब प्रर्दशनीमा अनलाइन मार्फत सहभागीता जनाउने विद्यार्थीहरु, अविभाबकहरु लगायतलाई विद्यालयकी एकेडेमीक डाइरेक्टर रेखा हमालले स्वागत गर्नुभएको थियो । अनलाइन ल्याब प्रर्दशनीको सञ्चालन एम कुमारी गुरुङले गर्नुहुने बिद्यालयले जनाएको छ ।


