दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय महिला आयोगको प्रगति, समस्या तथा भावि योजनाका विषयमा छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २२ गते, शनिबार १४:४०

२२ माघ २०७८ शर्मिला विश्वकर्मा, काठमाण्डौं
नेपालको जम्मा जनसंख्याको आधाभन्दा बढी रहेको महिलाहरुको साझा घरको रुपमा राष्ट्रिय महिला आयोगलाई स्थापित गराउने प्रतिवद्धता जनाइएको छ ।
राष्ट्रिय महिला आयोगका पदाधिकारीहरुले पदबहाली गरेको एक वर्षमा आयोगले गरेको प्रगति, समस्या तथा भावि योजनाका बारेमा शुक्रबार काठमाडौँमा पत्रकारहरुसँग छलफल गरेको छ ।
सो छलफलमा आयोगका आयुक्तहरुले महिला हिंसा निर्मुल बनाउन आयोगले वर्तमान अवस्थामा महिलामा हुने विभिन्न प्रकारका हिंसाहरुलाई नियन्त्रण गर्न थुप्रै चुनौती तथा समस्याहरु रहेको जनाएको छ ।
एक वर्षे कार्यकालमा आयोगले महिलाहरुमा दिनप्रतिदिन हुने हिंसा न्युनिकरण गर्न तीन वटै तहका सरकारसँग सहकार्य गरी व्यवस्थित र प्रभावकारी ढंगले संविधान प्रदत्त अधिकारलाई व्यवहारीक रुपमा लैजानु पर्ने आवश्यकता रहेको औंल्याउँदै हिंसा पिडित महिलालाई राहत, उद्धार तथा आर्थिक उपार्जनको आधार तयार पार्नुपर्ने निष्कर्ष निकालेको छ ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष अध्यक्ष कमला कुमारी पराजुलीले आयोगको कार्यकाल भरिमा महिलाले गर्वका साथ समाजमा बस्न सक्ने अवस्था सिर्जना गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अहिले सम्म आयोगले ४९ वटा जिल्लाहरुमा ७० वटाभन्दा बढी सचेतनामूलक तथा नीतिगत कामहरु गरिसकेको जानकारी गराउँदै अध्यक्ष पराजुलीले सम्बन्धीत निकायले दिएको सुझावको आधारमा आगामी दिनमा नीतिगत सुधार गरिने बताउनुभयो ।
वर्तमान अवस्थामा महिलाको अवस्था विषयक प्रतिवेदन तयार भइरहेको जानकारी गराउँदै अध्यक्ष पराजुलीले आयोगको स्थापना दिवशको दिन उक्त प्रतिवेदन सार्वजनिक गरी सोही आधारमा आयोगका आगामी रणनीतिहरु तय हुने कुरामा पनि जोड दिनु भयो ।
यसै क्रममा आयुक्त कृष्णकुमारी खतिवडाले आयोगले महिला हिंसालाई न्युनिकरण गर्न तथा महिलाले न्यायको लागि आयोगमा आइपुग्न र वास्तविक पिडालाई उजागर गर्न आफ्नै घर सम्झी काम गर्न सक्ने वतावरण तयार गर्न आयोग लागिरहेको बताउनुभयो ।
आयोगको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा विभिन्न समस्याहरु आइपरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा आयोगको आफ्नै भवन तथा प्रादेशीक कार्यालयहरु स्थापना गरी तिनै तहका सरकारसँगको सहकार्यमा देशभरका सबै स्थानीय तहमा आयोगको उपस्थिती गराई पीडित, असहाय महिलाहरुको न्यायको लागि स्थानीय तहको माध्यमबाट नै काम गर्ने पनि बताउनु भएको थियो ।
आयुक्त विद्याकुमारी सिन्हाले महिला हिंसा ठाउँ र परिस्थती अनुसार फरक फरक रहेको उल्लेख गर्दै विशेष गरी मधेस प्रदेशमा धेरै घटनाहरु घट्ने र ती घटनलाहरुलाई घर भित्रै लुकाउने समस्या रहेको बताउनु भयो ।
आयोगको सचिव शैलजा रेग्मीले आयोगले हाल कानुनी तथा नीतिगत सुधारको बारेमा विशेष योजना बनाई अगाडी बढिरहेको उल्लेख गर्दै तेस्रो पञ्चवर्षिय रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको जानकारी गराउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु