दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कांग्रेस नेता समाज सेबि पाण्डेको पहलमा अर्घाखाँचीमा स्वास्थ्य सामाग्री वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २२ गते, शनिबार २०:२७

रुद्रमणी भुसाल

अर्घाखाँची – कांग्रेस नेता एवं नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा छत्रदेवमा स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । पाण्डेको उपस्थितिमा अर्घाखाँचीको वाङ्गला , केरुङ्गा र अर्घातोषमा स्वास्थ्य सामग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । एनआर एनको सहयोग स्वास्थ मन्त्रालयको मार्फत नेपाली जनसम्पर्क समिति भारतको पहलमा बितरण भएको छ| स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसाल , नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे , सुकुमबासी आयोगका अर्घाखाँचीका अध्यक्ष यादब घिमिरे , नेपाली कांग्रेस अर्घाखाँचीका उपसभापति बाबुराम पौडेल ,नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि चन्द्रमान श्रेष्ठ , नेपाली कांग्रेस गुल्मीकी जिल्ला सदस्य एवं नेपाली जनसम्पर्क समिति भारत नेता सुनिता कुवंर , जिल्ला समन्वय समितिका नायबसुम्बा बिनोद कुवंर र वडा अध्यक्षहरु कृष्ण श्रेष्ठ, अशोक श्रेष्ठ , निम्ति अध्यक्ष पशुपति श्रेष्ठ सम्बन्धि स्वास्थ्य चौकीका इन्चार्ज लगायतको उपस्थितिमा वाङ्गलामा ५० लिटरको एकथान सिलेन्डर ,अक्सिजन कन्सन्टट्रेटर मेसिन माक्स ,पिपिइ , अर्घातोषमा दुईथान अक्सिजन सिलिनडर ,माक्स ,पिपिइ र केरुङ्गमा एकथान, अक्सिजन कन्सन्टट्रेटर मेसिन, अक्सिजन सिलिनडर , माक्स ,पिपिइ , बितरण गरिएको हो ।


स्वास्थ्य सामाग्री हस्तारण गदै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसाल , नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले स्वास्थ्य सामाग्रीले गाउँका गरिब दुखीलाई आफ्रनो टोलमै उपयोग गर्न सहजहोस भनेर निकै मिहिनेतकासाथ लेउनको लागि समन्वय सिफारिस र आफ्नो पहल रहेको दुबै जनाले बताए ।

कोभिडको बेलामा स्वास्थ्य सामाग्री हस्तरण गरेकाले स्थानिय हर्सित भएको केरुङ्गका समाजसेबी केदार भुसालले बताए । उहाँले अक्सिजन सिलिनडर ,माक्स ,पिपिइ लगायतका स्वास्थ्य सामग्री ल्याउन पहल गर्ने नेपाली जनसम्पर्क समिति भारत लगायत सबैलाई धन्यबाद दिए ।

समाजसेबी बालकृष्ण पाण्डे अर्घाखाँची जिल्ला बासिलाइ सबै पालिकामा स्वास्थ सामग्री उपलब्ध गराइ दुखी गरिब असाय दलित सामन्य परिबार्लाइ स्वास्थ उपचारमा कमि नरहोस भनी अभियानकै रुपमा लागेका छ्न।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु