दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

“नेपाल डेरी एसोसिएसनको सुदुरपश्चिममा नयाँ नेतृत्व “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २२ गते, शनिबार २०:३२

धनगढी – नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेश ( प्रदेश नं ७ ) को तेस्रो बार्षिक साधाण सभा तथा दोस्रो अधिबेशन नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेश ( प्रदेश नं ७ ) का अध्यक्ष भुपेन्द्र थापाज्युको सभापतित्व एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमालज्युको प्रमुख अतिथ्यतामा सम्पन्न भयो। कार्यक्रमको संचालन प्रदेश कमिटीकी सचीव डम्मरा कुमारी दियाकोटीले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हमालले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उद्घाटन गर्नु भयो भने सभापति एवं प्रदेश अध्यक्ष थापाले सभामा एसोसिएसनको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भयो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमुख अतिथि हमाल र सभापति थापाले माला, टिका र प्रमाणपत्र वितरण गरि सफतग्रहण गराउनु भयो ।

कार्यक्रममा शुभकामना सहित आफ्नो मन्तव्य राख्ने क्रममा एसोसिएसनका केन्द्रिय उपाध्यक्ष एवं प्रमुख अतिथि हमालले हामी सबै मिली अगाडि बढ्दा मात्र संगठन बलियो बनाउन सकिनेछ र त्यसका लागि प्रदेश समितिले आफ्नो जिम्मेवारी सफलता पुर्वक निभाउनु पर्नेछ । हाम्रो आफ्नो पेशाको हकहितका लागि एसोसिएसनको महत्व धेरै नै छ । जस्तोसुकै अवस्थामा पनि आफूले पाएको जिम्मेवारी इमानदारीका साथ निभाउन सबै नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई आग्रह गर्दै एसोसिएसन भनेको सबैको साझा घर हो । त्यसैले सबै मिलि एसोसिएसनलाई साथ दिउँ र एसोसिएसन अगाडि बढेपछि समग्र दुग्ध क्षेत्रको हित हुने कुरामा दुईमत नरहेको कुरा बताउँदै सबैलाई एसोसिएसनमा आबद्ध हुन हमालले आग्रह गर्नु भयो । यस अगाडिको प्रदेश समितिले उल्लेख्य रुपमा काम गरि अगाडि बढेको र अब नयाँ निर्वाचित कार्यसमितिले पनि अझ राम्रो काम गरि अघि बढ्ने कुरामा आफूले विश्वास लिएको बताउनु भयो । हामीलाई एसोसिएसनले के दियो भन्दा पनि एसोसिएसनलाई हामीले के दियौं भनेर सोच्नु पर्छ । डेरी व्यबसायीले अग्रपंक्तिमा बसेर काम गर्नु पर्ने भएकोले कोरोनाको खोप उपलब्ध गराउन सरोकार निकायसँग माग गरिने कुरा बताउँदै अन्तमा प्रमुख अतिथि हमालले प्रदेश समितिले गरेका हरेक पाइलामा साथ दिने प्रतिबद्धता ब्यक्त गर्दै नव निर्वाचित समितिलाई बधाई तथा सुभकामना ब्यक्त गर्नु भयो। अन्त्यमा निवर्तमान अध्यक्ष थापाले आफ्नो पद हस्तान्तरण गर्नु भयो भने नवनिर्वाचित अध्यक्ष रबिन कान्त पन्तले आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै आफू सदा डेरी व्यवसायीको हितमा लाग्ने र एसोसिएसनको निति नियमा रहेर संगठनको गतिविधि अगाडी बढाउने कुरा बताउनु भएको कुरा एसोसिएसनका केन्द्रिय महासचिव प्रल्हाद दाहालले जानकारी गराउनु भयो ।

नव निर्वाचित सुदुरपश्चिम प्रदेश समिति :

अध्यक्ष – रबिन कान्त पन्त
सचीव – डम्मरा दियाकोटी
सदस्य – राम कुँवर
सदस्य – डम्बर चन्द
सदस्य – अनिता के.सि
सदस्य – भागरथी कार्की
सदस्य – प्रताप सिंह बिक
सदस्य – भरत शाह
सदस्य – ललित हमाल
सदस्य – धनजित घुरधामी
( कोषाध्यक्ष र उपाध्यक्ष पछि पदपूर्ति गरिने छ ।)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु