दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कमल थापा र राजेन्द्र लिङ्देनबीच हिजो भेटवार्ता भएको छ, राप्रपा फुट्दैन’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २३ गते, आईतवार १८:१६

काठमाडौं, २३ माघ । राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् । उनले भने,‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । एमसीसी सम्झौतामा भएका केही दफाहरु विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने खालका छन् । त्यसैले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । र, यथास्थितिमा एमसीसीबारे संसद्मा मतदान भयो भने राप्रपाले विपक्षमा मतदान गर्छ ।’
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महामन्त्री पाठले यस्तो बताएका हुन् । उनले पार्टी कुनैपनि हालतमा नफुट्नेसमेत दाबी गरे । उनले भने,‘निवर्तमान अध्यक्ष कमल थापाले केही माग राख्नुभएको छ । ती मागबारे पार्टीभित्र अनौपचारिक रुपमा छलफल जारी छ । हिजो बिहान निवर्तमान अध्यक्ष कमल थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ। यो आईसब्रेक भएको छ । कसरी मिलेर जाने भन्ने विषयमा उहाँहरुबीच छलफल भएको छ । अब पार्टी विभाजन हुने सम्भावना छैन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पाठकले अब पार्टी एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने बताएका छन् । उनले भने,‘राप्रपा फुद्दैन भन्ने आाधार त लामो समयपछि निवर्तमान अध्यक्ष थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । यो त आईसब्रेक भयो । उहाँहरुबीच सम्वाद प्रारम्भ भयो । पार्टीका सबै तह र तप्काका साथीहरुले पनि पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पक्षमा र्छौं । अब हामीले स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो भने पार्टीको अर्जुनदृष्टि निर्वाचनमा राख्छौं ।’
पत्रकार धमलाले निवर्तमान अध्यक्ष कमल थापाले त महाधिवेशनमा नर्मल निवासको हस्तक्षेपबारे छानबिनको माग गर्नुभएको छ ? छानबिन हुन्छ कि हुँदैन् ? भन्नेबारे प्रश्न राखेकोबारे उनले भने,‘अहिले पूर्व अध्इक्ष र वर्तमान अध्यक्षबीच सम्वाद प्रारम्भ भएको छ । उहाँहरुको बीचमा फेरि पनि भेटवार्ता हुनसक्छ। केही न केही निश्कर्ष निस्किन्छ । पार्टी विभाजन हुने सम्भावना छैन् । सबै पक्ष मिलेर जाने वातावरण बनिरहेको छ ।’
पाठकले वर्तमान पाँच दलीय गठबन्धनको सरकारको ६ महिना पूरा असफल भएको टिप्पणी गरेका छन् । उनले भने,‘यो सरकारले ६ महिना पूरा गरेको छ। यो सरकारको विश्लेषण गर्दा हरेक पक्षमा यो सरकार असफल भएको छ । महँगी र भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको छ । शान्ति सुरक्षा कायम गर्ने विषयमा पनि असफल भएको छ । रोजगारी सिर्जाना गर्न पनि असफल भएको छ । देशको आर्थिक स्थिति अहिले कमजोर छ । मुलुकको आर्थिक अवस्था अहिले डरलाग्दो मोडमा पुगेका देखिन्छ । पुँजीगत खर्च भएको छैन् । शोधान्तार घाटा बढ्दै गएको छ । विदेशी सहयोग घटेको छ । अहिले आर्थिक सुचक नकारात्मक छन् । मूल्यवृद्धि झण्डै ७ प्रतिशतदेखि कतिपय कुरामा १४–१५ प्रतिशतसम्म भएको छ । आर्थिक वृद्धि २ प्रतिशतभन्दा पनि घटेको छ। अहिले देशको आर्थिक अवस्था डरलाग्दो अवस्थामा छ ।’
उनले देश विदेशमा रहेका नेपाली श्रमिकहरुले पठाएको रेमिट्यान्सबाट धानिरहेको अवस्था सुनाए । उनले भने,‘अहिले त्यो पनि क्रमशः घटिरहेको छ। रेमिट्यान्स बैंकिङ च्यानलबाट आएको छैन् । सरकारले अहिलेको समस्या समाधानको लागि पहल गरेको छैन, बास्तवमा सरकार र अर्थमन्त्रीले यसको लागि प्रयास गरेको देखिएको छैन् ।’


मुलुक स्थानीय तहको निर्वाचनको संघारमा रहेको सुनाए । उनले भने,‘स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने भनेर भनिएको छ। प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा यो कुरा आएको छ, तर औपचारिक रुपमा आएको छैन् । निर्वाचनको लागि पनि आयोगले तयारी गरिरहेको कुरा छ, कतै शंका र उपशंका छ । एमसीसीको चपेटामा यो सरकारले स्थानीय तहको निर्वाचन नगर्ने हो कि भन्ने देखिन्छ । एमसीसी पास गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ । तर, माओवादी र नेकपा (एकीकृत समाजवादी) पारित गर्ने पक्षमा छैनन् । उनीहरुले यदि एमसीसी पारित गर्ने प्रयास गरियो भने हामी विपक्षमा जान्छौं भनेको अवस्था छ । समग्रमा हेर्दा सरकारको गतिविधि सकारात्मक देखिँदैन् । यो पनि दुर्भाग्यपूर्ण छ।’
पाठकले स्थानीय तह निर्वाचन परिचालनसम्बन्धी समितिको आफू संयोजक भएको उल्लेख गर्दै अब हुने स्थानीय तहको निर्वाचनमा पार्टीले सबै तहको निर्वाचनमा भाग लिने जनाए । उनले भने,‘निर्वाचनमा कोसँग तालमेल हुने भन्ने कुरा भविष्यको विषय हो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु