दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नुवाकोटको थानापति मन्दीरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा सुचिकृत गर्न पुरातत्व बिभागसंग माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २४ गते, सोमबार १७:५०

काठमाण्डौं । पौराणीक, धार्मीक, एतिहाँसीक महत्व बोकेको नुवाकोटको शिवपुरी गाँउपालीका ८ थानापति स्थीत थानापति मन्दीरलाई धार्मीक पर्यटकीय स्थलको रुपमा सुचिकृत गर्न पुरातत्व बिभागलाई अनुरोध गरिएको छ ।

थानापति मन्दीरमा निर्माण हुन लागेको धर्मशालाको शिलान्यास गदै नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलिया (जेएन)ले पौराणीण र एतिहाँसीक महत्व बोकेको मन्दीरलाई विशेष महत्व दिन पुरातत्व बिभागको ध्यानार्कषण गराउनु भएको हो ।

करिब १२ सय बर्ष पहिला आफ्नो नाममा भएको बिर्ता जग्गा सरकारले हरण भएपछि न्याय पाउन नसकेर थानापति नाम गरेकी आमा र दामचन्द्रमाला नाम गरेका छोराले सोहि स्थानमा आत्मदाह गरेको भनाई छ । उनिहरुले आत्मदाह गरे पछि आगोको धुवां राजाको दरबार सम्म पुगेको र के भएको भनि राजाले सेनालाई बुझन पठाउँदा उनिहरुले आत्मदाह गरेको भेटीएपछी राजा दुखी बनेको भनाई छ । अन्याय र अत्याचारको बिरुद्धमा आवाज उठाएर आत्मदाह गर्ने थानापति दामचन्द्र मालाले आत्मदाह गरेको स्थानमा हजारौं बर्ष पहिला देखि मन्दीर निर्माण गरेर पुजा गरिदै आइएको छ । प्रत्यक बर्ष धान्य पुणीमाको दिनमा थानापति मन्दीरमा भव्य मेला समेत लाग्ने गरेको छ ।

थानापति मन्दीरमा पहिलो पटक पुग्नु भएका चितवनका नेता थपलियाले थानापति दामचन्द्रमाला मन्दीर धार्मिक र पर्यटकीय महत्वको मात्र नभएर अन्यायको बिरुद्ध र परिवर्तनको पक्षमा आवाज उठाउने एतिहाँसीक थलो रहेकाले यसको उचित संरक्षण हुनेपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ सामन्तहरुले आफ्नो जग्गा हरण गरेको अन्ययन सहन नसकेर आत्मदाह गरिएको र यो परिवर्तनको निम्ती बिगुल फुकीएको एतिहाँसीक ठाँउपनि हो, त्यसैले धार्मिक, पर्यटकीय, एतिहाँसीक र धेरै हिसावले यो ठाँउ पबित्र छ,”

धर्मशालाको शिलान्यास गर्न थानापति पुग्नु भएका थपलियाले थानापति मन्दीरलाई धार्मीक पर्यटकीय स्थलको रुपमा बिकास गर्न सकिएमा भावि पुस्ताको निम्ती डलर कमाउने ठाँउ बन्न सक्ने बताउनुभयो ।

नेता थपलियाले धार्मीक, एतिहाँसीक, वातावरणीय र हरेक हिसाबले थानापति मन्दीर पर्यटकको निम्ती रोजाईको ठाँउ बन्न सक्ने बताँउदै पुरातत्व बिभाग मार्फत थानापतिलाई धार्मिक पर्यटकीय स्थलको रुपमा सुचिकृत गरिनुपर्ने बताउनुभयो ।

हरेक हिसाबले थानापतिमा अपार सम्भाबना रहेको बताँउदै थपलियाले धर्मशाला निर्माण र मन्दीरलाई धार्मिक पर्यटनको हिसाबले आकर्षित गर्नसकिएमा स्थानीयहरुको आर्थिक बिकासमा समेत टेवा पुग्ने बताउनुभयो । बिकासको पहिलो आधार सडक भएपनि मन्दीर सम्म आउने सडक जिर्ण रहेको बताँउदै थपलियाले मन्दीर सम्म आउने सडकको स्तरउन्नती र धर्मशालामा थप रकम बिनियोजन गर्नका निम्ती आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तात्कालीन मुख्य मन्त्री डोरमणी पौडेलका प्रमुख राजनैतिक सल्लाहकार रहंदा जगन्नाथ थपलियाले प्रदेश सरकार मार्फत धर्मशाला निर्माणका लागि १८ लाख ७५ हजार रकम बिनियोजन गराउनु भएको थियो ।

धर्मशाला शिलान्यास कार्यक्रममा थपलिया समाजका केन्द्रीय अध्यक्ष डा. रामशरण थपलियाले थानापति मन्दीरलाई पर्यटकीय हबको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “मन्दीर नजिकै सबैको आर्कषणको स्थान सुइरहेको चौर छ, सुइरेको चौर र थानापति मन्दीरलाई जोडन सकिएमा यहाँ धार्मीक पर्यटन भित्र्यानको निम्ती निकै ठुलो सहयोग पुग्ने छ ।”

अध्यक्ष थपलियाले धर्मशाला निर्माणका लागि थपलिया समाज मार्फत आर्थिक सहयोग जुटाउन पहल गर्ने बताँउदै त्यसको निम्ती आफुले व्यक्तिगत तर्फबाट टोकन मनीको रुपमा रु ५० हजार सहयोग गर्ने र सो रकम भोलीनै मन्दीरको नाममा रहेको खातामा जम्मा गर्ने बताउनुभयो ।

धर्मशाला पुननिर्माण समितिका अध्यक्ष कृष्णप्रसाद थपलियाले निर्माणका क्रममा आफुले एक रुपयाँ पनि गलत तरीकाले खर्च नगर्ने बताँउदै रकम दुरुपयोग हुनेमा संका नगर्न आग्रह गर्नुभयो । उहाँले मन्दीर निर्माणका लागि आफुले व्यक्तीगत रुपमा ४० बोरा सिमेन्ट सहयोग गर्ने समेत घोषणा गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु