
हरि भक्त श्रेष्ठ
समाजबादको यात्रामा चोखो- निधो गर्नी र लस-पस गर्नीको भण्डाफोर हुनेछ र गर्नु पनि पर्छ।
होमो सापियन्स हुँदै मानव यृग सुरु भएपछी, सँसारमा हजारौ परिबर्तनहरु भए ,मजदुर- मालीक बिचको दृन्द्रले असमान खाडल पुर्नु पर्छ भन्ने आवाजको ठुलो हिस्सा मार्कसिजमले बोक्यो । ती सिधान्त सर्बसर्बदा जिबित नरहन सक्छ तर उनका प्रत्रिपादीत सिधान्तले हरेक पिडित बर्गलाई समेटिएको छ। आज नेकपा(एकीकृत समाजबादी) ले बोकेको परिबर्तनको भारी ,हाम्रो काधमा पनि उत्तिकै छ। यसको हरेक गुण- दोषमा हामी सबै वा यस्मा ईमान्दारी सँग लागेका प्रतेक सदस्यहरुको उत्तिकै हिस्सेदारी रहने छ। अब, हामीलाई भाग्ने र हच्चकिने छुट पनि छैन, त्यो सुबिधा पनि पाईदैन।यदा- कदाँ नेर्तित्व बर्गमा हुने मानबीय गुण र दोषको प्रभाब समाजमा पर्ने नै भयो। यस्ता बिचलीत र आत्म केन्द्रीकृत निर्णयले आम समाजमा पर्ने सँका र उपसँकाहरु चिरिनु अत्यन्त जरुरी म देख्दछु।
कमिटीका सँरचना यसरी बनाउ: कि छोटे राजाहरुको मुटु धडकियोस।
हामी रफ्तारमा छौ, समय अनुकुल छैन ,धेरै समय पनि छैन , तर पनि हातका मुठ्ठीहरु कसीलो बनाएर , हरेक तप्काका नेताहरु यस्मा भिडन पर्नी अबस्था छ, केन्द्रले तलकोलाई, तलकोले अझै तलकोलाई देखाएर पन्छिने अवस्था छैन। हामीले आ-आफ्ना कमीकमजोरीहरुलाई सुधार गरेर योजना सहितको हरेक कमिटी गठन गर्नु छ। मान्छेका भिड र पार्टी प्यालेसमा लामा-लामा भाषण सुन्नकोलागी भन्दा बैचारीक पर्सिक्षण तदारुकताका साथ गराई हरेक सदस्यहरुलाई स्थानीय , प्रदेश र केन्द्रीय चुनाबमा हाम्रा पार्टी गठनको उदेश्य र यस्का बैचारीक, साँगठानीक महत्वहरुको विश्लेषण गर्न सक्ने कुशल यौधाको तयारी गर्नु पर्छ। हाल कोभिडको विषम परिस्थितिमा प्रत्यक्ष्य बैठक बस्न सकिँदैन तर डिजिटल प्रबिधी मार्फत भएपनि गराउनु सक्नु पर्छ,जुनपार्टी जिबनकोलागी अती नै महत्वपुर्ण जिबन्दानबन्नसक्छ।
यदि, पार्टीमा बनाईएका पदहरु घरायसी समस्या सामाधान गर्न, घर गर्जो टार्न र पार्टीले बनाएका मन्त्रीहरुले जनबर्गीए सँगठनका सदस्यहरु सँगको व्यवहार ” म हो, मलाई कसैले सिकाउन पर्दैनको अनुहारहरु” एदा कदा सुनिन्छन जुन छरपस्ट देखियका पनि छन। हिजो वाही- वाही कमाएका नेताहरु मन्त्री भएपछी, गुमनाम हुनु र साना भन्दा साना पार्टीका कार्यकर्ता र नेताहरुका कामहरु नहुनु वा गर्न चासो नदेखाउँनु भनेको !पार्टी कसरी गाईडेड हुदैछ भन्ने अनुमान सहज लगाउन सकिन्छ।
अध्यक्ष, कमिटीका हुन्छन ती अध्यक्ष्यले वडा कमिटीको जिम्मेवारी पूरा गर्नु पर्छ, जिल्लाले जिल्ला कमिटीको, प्रदेसले प्रदेस कमिटीको , केन्द्रले केन्द्रीय कमिटीको तर म देख्दछु ! काम गर्न र गराउनी तत्परता नगर्नु र झारा टारेर आफैलाई आफैले भुमीका बिहिन बनाउँदा, भोली अध्यक्ष्यहरुबाट भएका वा हुनी निर्णयको पुलिन्दा त्यही टेबलको घर्रा भित्र मात्र सिमीत हुनसक्छ।दरबारीया पारा र हुकुमी शासनबाट न बडा कमिटी परिचालन हुनसक्छ न सिङ्घो पार्टी ।
आरोपका चाँङ्गहरुको थप पुष्टिको पदमार्गमा त छैनौ?:
पुर्ब एमाले पार्टीमा रहदाँको तिरस्कृत र अबहेलनाका ज्वारभाटाहरु हामी सँग थिए! असमान न्याय प्रणाली आफ्ना र चाकरी गर्नसक्नेहरुको पदको बडोन्नती र ईमान्दार नेता , कार्यकर्तालाई साईड लगाउनी काम तत्परिस्तिथिमा भएको थियो।अन्तत , बिद्रोह गर्नु पर्नी वा दासत्व स्वीकार्न पर्ने बाध्यता थियो , यश ईस्तिथीमा हामीले दोस्रो कठीन पुर्ण यात्रा तय गरेउ, र नयाँ पार्टी निर्माणमा हामी तहे दिल सँग लागीरहेका छौ । यसको तात्पर्य र अर्थ तत समयमा पद, प्रत्रिष्ठा र पैशाहरुबाट बिमुख रहेका आसेपासे नेता र कार्यकर्ताहरु नयाँ पार्टीको सँरचनाबाट भरपुर उपभोगको रफ्तारमा देखिन्छ । यस्ता बिचलनबाट हामी वचन सकियेनौ भने , हाम्रो बलियो र बैचारीकतामा आधारीत पार्टी बनाउनी सङ्कल्प र सपनाहरु तुहिन सक्नेछन् । यस्ता बिचलनहरुको भण्डाफोर हरेक तप्काका जिम्मेवार पार्टी सदस्यहरुको कर्तब्य पनि हो ।
उन्नत जातका बिउले- दिने फल पनि उन्नत नै हुनुपर्छ:
यसो अनुमान गर्दा – बुज्दा ! लडाई जस्तै रहेछ पद र राजनितीक नियृक्तीहरु सर्ब प्रथम म त्यसपछि ,मेरो मान्छे, त्यो पनि नभए साला-साली त्यो पनि नभए जो सुकै होस , गोजी भर्नी सुनौला अवसर । हिजो पनि त्यहि त थियो र अहिले पनि त्यहि त चलिरहेको छ, भने भिन्नता चाही के मा रै छ? नामको भिन्नता र फरक ब्यक्ती हाबी हुने भिन्नताले कसरी पार्टी बलियो रहला? बडो गम्भीर बनाउँछ , यस्ता कुराहरुले मलाई आजकल। हाम्रा उर्जाहरु मर्ने तरखरमा त छैन, सबैका आ-आफ्नै डम्फु छ। बजाउनीले बजाईरहेको छ ।नजान्नीले एकटक तमासा हरिरहेको छ। म अनुभब गर्छु र बुज्छु र लाग्छ, समाजबादी क्रान्ति र समाजबाद लक्ष्य कतै झुक्याउनी परपन्च त होईन । दायाँ हातले हानेको चडकन होस या बायाँ हातले हानेको होस महशुस त गालाले गर्नी हो , यस्ता राजनितीक जघन्य अपराधहरु रोकीनु पर्छ , अनि लक्ष्य भेदी ठोस बिषय केन्द्रीकृत समाजबादले बाटो समाउन सक्छ।
आम नागरीक, पार्टीका सदस्यहरु कोही अब हली बन्नेवाला छैनन, यदि सुधार नगरीए वा ठोस- ठोस कुराहरुमा बिचार विमर्श नगरिए , आना जाना लगा ही रहेगा, दु:ख जाऐगा शु:ख आऐगा” दिवा सपना भन्दा म केही भन्न सक्दीन ।
(लेखक श्रेष्ठ नेकपा (एकीकृत समाजबादी )बागमती प्रदेश कमिटि सदस्य हुनुहुन्छ )


