दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गराउन मंगलबारदेखि तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २६ गते, बुधबार ९:१२

काठमाडौं, माघ २६ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गराउन मंगलबारदेखि तयारी अघि बढाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन गराउने घोषणासँगै आयोगले तयारी अघि बढाएको हो । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न–गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

सामान्यतयाः निर्वाचनको तयारी गराउन आयोगलाई १ सय २० दिन चाहिन्छ । तर, निर्वाचन आउन ९४ औं दिन बाँकी रहेकोले निर्वाचनसम्बन्धी व्यवस्थापकीय, प्राविधिक र व्यावहारिक काम तीव्र गतिमा गर्नुपर्ने अवस्था रहेको आयोगले जनाएको छ ।

आयोगका निर्वाचनको तयारीको लागि यसबिचमा ५३ वटा क्रियाकलाप गर्नुपर्ने हुन्छ ।२०७४ सालमा वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो भने अहिले एकैचरणमा गर्नुपर्ने स्थितिले पनि कामको चाप बढ्ने आयुक्तहरू बताउँछन् ।

निर्वाचनको मिति घोषणासँगै आयोगले फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम स्थगित गरेको छ । आयोगले गत वर्ष पुस ५ गते प्रतिनिधिसभा निर्वाचनको निर्वाचन मिति तोकिएपछि त्यसयताको मतदाता नामावली अद्यावधिक गरेको थियो । त्यसअनुसार अहिले १ करोड ५४ लाख ८२ हजार मतदाता छन् ।

अहिले यसबिचमा झन्डै १४ लाखको हाराहारीमा नयाँ मतदाता संख्या दर्ता भएको छ । निर्वाचनमा एक करोड ८० लाखको हाराहारीमा मतदाता पुग्ने पनि आयोगको अनुमान छ । नेपाल समाचारपत्र दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु