तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आर्थिक समृद्धिको लागि असल श्रम सम्वन्ध अपरिहार्य- श्रममन्त्री श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २७ गते, बिहीबार २०:४६

२७ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि रोजगारदाता र श्रमिकबीचको सुमधुर सम्बन्ध अपरिहार्य रहेको बताउनुभएको छ । ज्ञापनपत्र बुझाउन मन्त्रालयमा आएका एकीकृत ट्रेड युनियन महासंघका पदाधिकारीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिक बीचको अशल श्रम सम्वन्धको विकास गरी राष्ट्रिय उत्पादकत्व वृद्धी गर्नुपर्नेमा जोड दिनुभयो ।
श्रमिकको माग सम्वोधन गर्ने क्रममा औपचारिक तथा अनौपचारिक क्षेत्रका सवै श्रमिकलाई सामाजिक सुरक्षा प्रणालिमा समावेश गर्न लागिएको, श्रमिकका लागि विशिष्टकृत अस्पताल निर्माण गर्न लागिएको तथा श्रम विभाग, श्रम कार्यालयहरु र रोजगार सूचना केन्द्रहरुको संरचनागत सुधार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
एकीकृत ट्रेड युनियन महासंघका पदाधिकारीहरुले श्रम ऐन संशोधन गर्नुपर्ने, श्रम तथा कारखाना निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने, न्याय प्रणालिलाई छरितो बनाउनूपर्ने, न्युनतम पारिश्रमिक प्रभावकारी कार्यन्वयन हुनुपर्ने सहित ११ बुंदे मागपत्र पेश गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु