तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेविसंघको महाधिवेशन गर्न माग गर्दै सानेपामा फरक शैलीको आन्दोलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २८ गते, शुक्रबार १८:१६

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विधानसम्मत महाधिवेशनको माग गर्दै बिहीबार नेतृत्वलाई दबाब दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मौकामा नेविसंघको कृष्ण प्रसाद सिटौला ,प्रदीप पौडेल निकटका विद्यार्थी हरुको समूहले महाधिवेशनको माग गर्दै नेतृत्वलाई दवाव दिएको हो । पुर्ब केन्द्रिय सदस्य सुशिल भट्ट ,रत्नहरी ढुगेल ,नबराज त्रीपाठी, पुर्ब सहमाहमन्त्री प्रमेस्बर साह ,तरुण नेता भाग्बत रेग्मि,विद्यार्थी नेताहरू हरी आचार्य ,दीपक ओझा,जिबन राना,किरण भट्टराई ,सन्तोष गुरुङ ,लगायतका विद्यार्थी नेताहरुको नेतृत्वमा विद्यार्थी पार्टी कार्यालय सानेपा अगाडि भेला भइ नेतृत्वलाई नेविसंघको झण्डा ड्रइङ गरेर पार्टी सभापतिदेखि केन्द्रीय कार्यासम्पादन समिति सदस्य समेतलाई महामन्त्री बिस्बप्रकास शर्मा र मुख्य सचीव कृष्ण पौडेल माफर्त बुझाएको विद्यार्थी नेता सुबास घिमिरेले बताए । उनीहरुले केन्द्रीय कार्यसमितिका सदस्यसमेतलाई नेविसंघको झण्डासहितको ‘विधानसम्मत महाधिवेशन सुनिश्चित गर’ लेखिएको ड्रइङ बुझाउने छन् ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले लामो समय महाधिवेशन हुन नसक्दा अन्योलता भएको भन्दै नेतृत्वलाई दवाव दिन रचनात्मक विधि अपनाइएको बताए । उनले फुलिस्केप कागजमा नेविसंघको झण्डासहितको पेन्टिङ गरेर नेतृत्वलाई दवावसहित दिइएको जानकारी दिए । उनले छिटोभन्दा छिटो महाधिवेशन हुनुपर्छ भन्ने आफूहरुको धारणा रहेको भन्दै सोहीअनुसार नेतृत्वले वातावरण बनाउनुपर्नेमा जोड दिए ।
पार्टी कार्यालयमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघको महाधिवेशनसहित विभिन्न विषयमा छmलफल हुने कार्यक्रम रहेको छ । नेविसंघको महाधिवेशनको माग गर्दै विद्यार्थीहरुले यसअघि नै नेताहरुको ध्यानाकर्षण समेत गराउँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु