दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिमीलाई पर्खिरहने छु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २ गते, सोमबार ८:४९

रूपा थापा- नुवाकोट

हुन त प्रेमका बाफहरु बोकेर
क्षितिजमा त्यसै गरि उडिरहेछन
बकुलाका जोडीहरु र
पौडिरहेछन त्यसै गरि स्मृतिका तलाउमा
केहि राज हाँसका जोडीहरु

मेरा ओठबाट छुटिरहेका
चुरोटका धुवाहरुले
जब छोएर जान्छ तिम्रो सम्झनाको धमनीलाई
लाग्छ क्याक्टसको फूलसँगै सजिएर
केहि धुनहरु बिस्तारै गुन्जदै छन
मरभुमीमा उटका खुट्टाहरुले कुल्चिएर

भर्खरै समुन्द्रमा भेटिएको एउटा अक्टोपस
थाहा छैन कहाँ जादै छ
शंखेकिराले छाडेका छन केहि शंखहरु र
लाग्छ त्यहि किनारामा
फुर्सदले कसैले बनाइदिएको छ तिम्रो चित्र

याद छ तिमीलाई
पिपिरीको ति धुनसँगै
तिमीले सुसेल्ने जीन्दगीका सङ्गितहरु
या भनौ हरेक पल्ट
कटुसका बोटमा फुल्ने फूलहरुसँगै
तिमीलाइ लाग्थ्यो
प्रेमका मिठास एक दिन फेरि त्यसै गरि
कटुसका बोट भरि फल्नेछन

आज पनि तिम्रा यादका झरनाहरु
जब नदि बनेर बग्दै बग्दै
तिम्रै हृदयकाे सागरलाइ छुन्छन र
त्यस्तै गरि हराउछन
छेउकाे कपुरकाे बाेटले उस्तै गरि
अचानक तिम्रै सुगन्ध बाेकेर ल्याउछ र
मलाई फेरि झकझक्याउछ

यस्तेा लाग्छ प्रेमको येा लाक्षाग्रृहमा
युगैा देख पग्लिएर बनेका छन
केही थान तिम्रै नामकाे उपहार

प्रितका जुनसँगै अस्ताएर
आकाशगङ्गाका सुन्दर तारा
येा धर्तीमा झरेर नबिलाउदैमा
अनि धुपीका बास्ना नहराउदैमा
या भन हाम्रेा अन्तिम भेटसँगै
तिमीले त्यसै गरि बिदाइकाे हात नहल्लाए सम्म
म भने तिमीलाई त्यसै गरि पर्खिरहनेछु

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु