
Happy Valentine day, प्रणय दिवसको शुभकामना
–शिव अधिकारी
म त अझै उस्तै छु नी उस्तै छन् रे उनी पनि
किन किन भेटै हुन्न पैले जस्तै फेरी पनि
कस्ले छेक वार लगायो
किन मलाई एक्लो वनायो
मन्दीरमा घण्टी वज्छ पूजा हुन्छ उसै गरी
खोला नदि नाला सवै वगेकै छन् उसै गरी
हामी दुइ मात्रै किन डाडा वारी डाडा पारी
भेट हुन्न कुइनेटोमा कुरे पनि दिन भरी
कस्ले छेक वार लगायो
किन मलाई एक्लो वनायो
वाटो भरी काँडा रोपी छेकी दिने कुनै छन्की
चौतारीमा कुरी वस्ने मयालु ती मेरै हुन्की
पैले जस्तै खोजी गर्छु पँधेरीमा ऐले पनि
उन्ले मात्रै विर्सिछन्की विर्से हुन्थ्यो मैले पनि
कस्ले छेक वार लगायो
किन मलाई एक्लो वनायो
म त अझै उस्तै छु नी उस्तै छन् रे उनी पनि
किन किन भेटै हुन्न पैले जस्तै फेरी पनि
कस्ले छेक वार लगायो
किन मलाई एक्लो वनायो


