
काठमाडाैं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्सेमा ३५ दशमलब ४० अंकले गिरावट आएर परिसूचक २६९३ दशमलब १० अंकमा कायम भएको हाे । कारोवार रकम भने झण्डै ४ अर्ब ८ करोड रुपैंया बराबरको भएको नेप्सेले जनाएको छ ।
सूचिकृतमध्ये २३० कम्पनीको कारोबार भएको आजको बजारमा अन्य समुह बाहेक सबै ११ कम्पनी उपसूचक समूहको कारोबार राताम्मे भएको थियो ।पछिल्लो समय बढेर करिब २९४७ अंकमा पूगेको नेप्से क्रमशः ओरालो लाग्दै २६९३ अंकमा पुगेको छ ।


