तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रधानमन्त्रीले छोड भन्नेबित्तिकै हामी सरकार छाड्छौं, यो एमालेको विषय होईन : झक्कु सुवेदी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते, बुधबार १९:०५

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व सांसद झक्कु सुवेदीले आफ्नो पार्टीमा सरकारमा बसोस वा सरकार छोडोस यो एमालेको सरोकारको विषय नभएको टिप्पणी गरेका छन् । उनले अहिलेको सरकार विषम परिस्थितिमा बनेको भन्दै माओवादीले त्यत्तिकै सरकार नछोड्ने पनि बताए । आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउनुको कारण रहेको पनि खुलाए ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि यो सरकार गठन गरेको हो । यो सरकार अरु बेलोको जस्तो होईन। यो सरकारमा हामी हट्ने कि बस्ने, यो मुख्य विषय होईन ।’

उनले एमसीसीलाई लिएर आफूहरु र कांग्रेसको एजेण्डा नमिलेको पनि सुनाए । उनले भने,‘हामी एमसीसीको विपक्षमा छौं । एमाले त अहिले सबैभन्दा बढि खुशी हुनुपर्ने हो । एमसीसी पास गर्न एमालेले खुशी हुनुपर्ने हो । यो त खुशीको विषय हो नि, उसको लागि । अहिले एमसीसी सदनमा टेबुल भएको छ। प्रधानमन्त्री अहिले देउवाजी हुनुहुन्छ, उहाँले माओवादसँग हाम्रो सहकार्य हुँदैन भनेर उहाँले भन्नुभयो भने हामी त्यत्तिकै सरकारबाट निस्किन्छौं । यो सरकार विषम परिस्थितिमा बनेको हो । आँफै हामी गैरजिम्मेवारीपन देखाएर सरकारबाट हट्दैनौं ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु