
काठमाडौँ, ११ फागुन । काठमाडौँको न्यूरोडस्थित पाको रोडमा सञ्चालित भर्जिन मोबाइल प्रालिमा सामसुङ मोबाइल कम्पनीको सहकार्यमा भर्खरै निर्माण गरिएको ‘एस ट्वान्टी टु अल्ट्रा’को बुकिङ खुला गरिएको छ ।
ग्राहकको लामो प्रतिक्षापछि सामसुङ कम्पनीले निर्माण गरेको ‘एस ट्वान्टी टु अल्ट्रा’, ‘एस ट्वान्टी टु प्लस’ र ‘एस ट्वान्टी टु’ मोबाइल नेपालमा भित्रिने भएसँगै भर्जिन मोबाइल प्रालिमा उक्त मोबाइल बुकिङ गर्ने ग्राहकको संख्या वृद्धि भएको हो ।
आगामी मार्च ११ मा नेपाल र भारतमा एकैपटक शुभारम्भ गर्न लागिएको उक्त मोबाइलको आजदेखि नेपालमा अग्रीम बुकिङ खुला गरिएको हो । शुभारम्भ हुन झण्डै २० दिन बाँकी रहँदा भर्जिन मोबाइल प्रालिमा पहिलो दिनमै ५० भन्दा बढी मोबाइल किन्नका लागि अग्रीम बुकिङ आउनु सकारात्मक कुरा भएको भर्जिन मोबाइलका सञ्चालक विवेक शर्मा बताउनुहुन्छ ।
न्यूरोडमा विगत १५ वर्षदेखि मोबाइल विक्रि गर्दै आएको भर्जिन मोबाइल प्रालिले हालसम्म १० लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरिसकिएको सञ्चालक शर्माको भनाई छ । हालसम्म तीन लाखभन्दा बढी ग्राहकलाई मोबाइल विक्रि गरिसकेको भर्जिन मोबाइलले १० लाखभन्दा बढी सेवाग्राहीलाई मोबाइल, ल्यापटप, चार्जरलगायतका सामाग्री विक्रिवितरण गरिसकेको छ ।
भर्जिन मोबाइलले आफ्नो स्थापनाको १५ वर्षमा वान प्लस, एप्पल मोबाइल, रेडमी, नार्जो, एमआई, सामसुङलगायतका मोबाइल विक्रिवितरण गर्दै आएको छ । “हाम्रो पसलमा आएपछि ग्राहक नठगीने भएकाले हामीप्रति ग्राहकको विश्वास बढेर गएको हो,”– सञ्चालक शर्मा भन्नुहुन्छ । आजदेखि अग्रीम बुकिङ खुला गरिएको उक्त मोबाइल चिनले भने लन्च गरिसकेको छ ।


