तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अभिमुखिकरण कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते, बिहीबार २०:२६

काठमाडौं ।नेपाल ओलम्पियन्स संघको आयोजनामा अभिमुखिकरण कार्यक्रम बिहीबारदेखि सातदोबाटोमा सुरु भएको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।
ओलम्पियनहरुको क्षमता अभिबृद्धिका लागि एनओसीको सहयोगमा आयोजित दुईदिने कार्यक्रममा ४० ओलम्पियन सहभागी छन् ।
सहभागीलाई पुस्करराज पन्तले योग तथा ध्यान, राजेश पाण्डेले पब्लिक स्पिकिङ तथा डा. प्रकाश प्रधानले खेल मनोविज्ञान सम्बन्धी ज्ञान दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव श्रेष्ठले कार्यक्रम आयोजना गरेको आयोजकको प्रशंसा गर्दै यस्ता कार्यक्रमले सहभागीको आत्मबल बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सहभागीले कार्यक्रमबाट सक्दो फाइदा लिनु पर्ने सुझाए ।
ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले आगामी दिनमा संघले यस प्रकारको कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु