दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पाकिस्तानी राजदुतद्धारा निःशुल्क स्वास्थ्य शिविरको उदघाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते, आईतवार ९:२३

फागुन १४ गते , काभ्रे, पाँचखाल । भक्तपुरको सीमामा रहेको काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको वडा नं ५ को प्रतिभा मा.वि.मा नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको आयोजनामा १५ औं निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथी नेपालका लागि पाकिस्तानका महामहिम राजदूत शैयद हैदर अली र पाँचखाल नगरपपालिकाकी उप मेयर लक्ष्मी दनुवारले पानसमा बत्ती बाली सो निःशुल्क शिविरको उदघाटन गर्नु भएको थियो ।
उदघाटन कार्यक्रममा बोल्दै महामहिम राजदुत शाहले नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले ग्राामीण भेगमा आयोजना गरेको यस स्वास्थ्य शिविरमा पाकिस्तानबाट मेडिकल क्षेत्रमा अध्ययन गरेर आएका चिकिस्तसकहरुले जुन सेवा गर्नु भयो त्यो अत्यन्त सराहनीय रहेको बताउनु भयो । हामी आशा गछौं कि यस प्रकारको स्वास्थ्य शिविर आफनो तर्पबाट जारी रहने र यस्ता सेवाहरुमा पाकिस्तान सरकारको पुणर्् सहयोग रहने बताउनु भयो ।
यसैगरी सो कार्यक्रममा बोल्दै पाँचखाल नगरपालिकाकी उप मेयर लक्ष्मी दनुवारले मानवीय स्वास्थ्यसंग जोडिएको यस खालको शिविरले ग्रामीण भेगका जनतालाई थप सहयोग पुगेको दाबी गर्नु भयो ।
सो कार्यक्रममा राजदूत शाहले पाँचखालको प्रतिभा मा.वि.को लागि एक थान प्रोजेक्टर उपमेयर लक्ष्मी दनुवार मार्फत प्रदान गर्नु भएको थियो ।
नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ तथा नेपाल पत्रकार संघका सभापति डां मन्जुरत्न शाक्यले संचालन गर्नु भएको सो कार्यक्रममा बालरोग विशेषज्ञ डा. रमेश मल्ल , स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रशिला अमात्य, बरिष्ठ हाडजोणर्ि विशेषज्ञ डा. भरत बहादुर प्रधान, डा. प्रबीण बहादुर प्रधान लगायतले वडा नं ५ मा रहेका जेष्ठ नागरिक, पाठेघर समस्याका महिला , मधुमेहका रोगीहरुलाई स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि बितरण गरको थिए । ।
मैत्री संघका महासचिव शाक्यको भनाइ अनुसार अक्रो महिनाको २६ मार्चमा यस्तै खालको निशुल्क स्वास्थ्य शिविरको ललितपुरमा आयोजना गरिने जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु