
मनिशा अर्याल , साइप्रस: लामो समय को साइप्रस बसाई र सोही बसाईको क्रममा देखिएको र भोगिएको विभिन्न अवरोधलाई नजिक बाट नियाल्दै जाँदा मानसपटलमा जन्मिएको कार्यक्रम साइप्रस गतिविधिको औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यक्रम “साइप्रस गतिविधि” को सुरुवात जनवरी २४ तारीख बाट औपचारिक रूपमा गरिएको छ।
आम साइप्रसबासी लाई सुशुश्चित गर्ने उद्देश्यले तयार गरिएको यश कार्यक्रम को उद्घाटन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रस का अध्यक्ष कुन्दन कार्की ,को प्रमुख आतिथ्य साथै साइप्रस मा क्रियाशील विभिन्न संघ संस्था का प्रतिनिधि साथै साइप्रस बासी आम नेपाली को सहभागीता मा सम्पन्न भएको छ।
साइप्रस मा बिगत लामो समय देखि बसोबास गर्दै र यसैलाई कर्मथलो बनाउँदै आउनु भएका ५ जनाको सामूहिक प्रयासमा उक्त कार्यक्रमको शुरुवात गरिएको छ। कार्यक्रम को परिकल्पनाकार को रूपमा कुमार सिंह रहनु भएको छ भने कार्यक्रम संयोजन प्रकाश बराइली ले गर्नु भएको छ। त्यस्तै कार्यक्रम को सम्पादन बिबेक नेपाल ले गर्नु हुने जानकारी हामीलाई प्राप्त भएको छ।। कार्यक्रमको संचालिका को रूपमा विगत लामो समय देखि पत्रकारिता को अनुभव संगाल्नु भएकि मनिशा अर्याल र उमा थापा रहनु भएको सम्पादक विवेक नेपाल ले जानकारी दिनु भयो।
हरेक हप्ताको सोमबार राती ८.४५ देखि ९.३० सम्म प्रसारण हुने उक्त कार्यक्रम NEPALESE SOCIETY IN CYPRUS नामक फेसबुक पेज र साइप्रस गतिविधि को आधिकारिक फेसबुक पेज “साईप्रस गतिविधि” बाट प्रत्यक्ष प्रसारण हुँदै आएको छ। यश कार्यक्रम साइप्रस मा हुने गरेका गतिविधि हरु समेटि तयार पारिएको कार्यक्रम हो। यस कार्यक्रम को मुल उदेश्य भनेको साइप्रस को भौगोलिक तथा सामाजिक रूपमा पछी पर्नु भएका प्रवासीहरु लाई कसरी सुसूचित पार्न सकिन्छ भन्ने विषय मा केन्द्रित रहेको छ।
यस कार्यक्रम मा साइप्रस मै भैरहेको विभिन्न समस्याहरु लाई कसरी समाधान गर्न सकिन्छ भनेर संवाद को लागि प्रत्येक हप्ता विशेष विषय संग सम्बन्धित बुद्धिजीवी ब्याक्तित्व हरु लाई उपस्तिथि गराएर नै कार्यक्रम संन्चालन गर्ने गरिएको छ।
शुरुवात मा भाषा साथै सामान्य कानूनी परामर्श को विषय लाई समेटेर कार्यक्रम तयार पारिएको भए पनि आगामी दिनमा कार्यक्रम ले साइप्रस मा हुने श्रृजनशील गतिविधि साथै मनोरञ्जनात्मक गतिविधिलाई पनि समेट्दै लैजाने कुरा कार्यक्रम का परिकल्पनाकार कुमार सिंह ले बताउनु भएको छ।
विभिन्न संघ संस्था को प्रतिनिधि ले सुभकामना दिनु भएको उक्त उद्दघाटन कार्यक्रम साइप्रस मा रहनु भएका आम नेपाली समुदायको बीच भव्यताका साथ सम्पन्न भएको छ।


