दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जन्मदिनको अवसरमा समाजसेवी श्यामलाल नेपाली द्वारा विपन्न विद्यार्थीलाई सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते, आईतवार १५:५७

मनिशा अर्याल,साइप्रस

श्री मैनडाँडा उच्च माध्यमिक विद्यालय , छत्रकोट ३ धरमपानी विद्यालयका पूर्व विद्यार्थी श्री श्यामलाल नेपालीले आफ्नो जन्मदिनको शुभ अवसर पारेर विद्यालयमा अध्ययनरत बालविकास देखि कक्षा ५ सम्मका गरिब,जेहनदार तथा दलित विद्यार्थीहरुलाई लक्षित गरि स्टेशनरी सामान वितरण गरेका छन्।

श्याम लाल नेपाली यता साईप्रसमा विभिन्न संघ संस्थाहरुमा समेत आबध्द रहेका छन।नेपाली प्रवासी नेपाली मञ्च साईप्रसका सचिव तथा गुल्मी सेवा समाज साईप्रस अध्यक्ष समेत हुन्।
श्याम लाल नेपालीले कर्मथलो भुमि साईप्रसमा रहेर पनि विभिन्न समयमा नेपालीहरुलाई विभिन्न समयमा विभिन्न खालका सहयोग गर्दै आएका छन् नेपाली सहयोगीपन भावना भएको व्यक्तित्व हुन्।

यता विद्यालयका पुर्व प्रधानध्यापक नरपति काफ्ले आफुले अध्ययन गरेको विद्यालयलाई सम्झेर शैक्षिक सामग्री वितरण गरेकोमा धन्यवाद समेत दिनु भएको छ,साथै विद्यालयका प्रधानध्यापक अमृता थापाले पनि उहाँको यस पवित्र कार्यप्रति हार्दिक आभार प्रकट गर्दै जन्मदिनको अनगिन्ती शुभकामना र उत्तरोत्तर प्रगतिको कामना समेत प्रकट गर्नु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु