दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वैशाख १० गतेसम्म लक्षित नागरिकलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई अनुरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते, मंगलवार १४:४९

काठमाडौं, फागुन १७ । निर्वाचन आयोगले आउँदो वैशाख १० गतेसम्म लक्षित नागरिकलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको छ ।

आयोगले वैशाख १० गतेसम्म कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय गरेको हो । कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यामा राख्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको पूर्वतयारी तथा निर्वाचनका क्रममा जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि आयोगले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार नेपालमा हिजोसम्म कुल जनसंख्याको ७३.९ प्रतिशतले पहिलो डोज र ५९.९ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु