तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपालमा आज १२७ जना नयाँ कोरोना संक्रमित थपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते, बुधबार १८:२४

काठमाडौं । नेपालमा आज १२७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ६ हजार ८७४ नमुना परीक्षणमा १२७ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका १२७ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ३३० पुगेको छ । ती मध्ये आज निको भएका ३२१ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५७ हजार ४८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४१ पुगेको छ ।त्यसैगरी नेपालमा हाल ७ हजार ७७० जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ७ हजार ५८० जना होम आइसोलेशन र १९० जना संस्थागत आइसोलेशनमा १९० रहेका छन् । साथै ६८ जना आइसीयु र १० जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी नेपालमा थप ३५ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो संगै नेपालमा हालसम्म ३ करोड ७२ लाख ५९ हजार ६६० मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु