दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेप्से आज ६३ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच सय ४६ दशमलव ६० विन्दुमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते, बुधबार १८:३२

काठमाडौं, फागुन १८ । शेयर बजार आज बुधवार ६४ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ६३ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच सय ४६ दशमलव ६० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २८ कम्पनीका ७६ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ११ लाख रुपैयाँमा किनबेच भयो । सबैभन्दा धेरै नेपाल लाइफ इन्सोरेन्सको १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज हिमालयन जनरल इन्सोरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले घटेको छ । यस्तै युनाइटेड मर्दी जलविद्युत् र ङ्यादी ग्रुप पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार राताम्मे हुँदा पनि रिलायन्स इन्सोरेन्स कम्पनीको शेयर चार प्रतिशतले बढेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु