
काठमाडौँ, १८ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा बिष्णु पराजुलीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
प्रोग्रेसिभ स्कुलका प्रिन्सिपल समेत रहेका पराजुलीलेसंस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन ।
उहाँले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।


