
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को उपाध्यक्ष पदमा कुमार बहादुर भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् ।
बाँकेको नेपालगञ्जमा फागुन २२ र २३ गते हुने राष्ट्रिय महाधिवेशनका लागि उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
बिगत २५ वर्षदेखि नेशनल प्याब्सनमा निरन्तर आबद्ध भइ काम गर्दै आएका उनले केन्द्रिय सदस्यदेखि दुई कार्यकाल केन्द्रीय कोषाध्यक्षमा रहि कुशलता पुर्वक चार कार्यकाल
केन्द्रमा आफ्नो नेतृत्व प्रस्तुत गरिसकेका छन् । भट्टराई नेशनल प्याब्सनभित्र भन्द्र अनि सालिन ब्याक्तित्वको रुपमा परिचीत छन् । गत महाधिवेशनमा केन्द्रिय महासचिव पदमा थोरै मतले उनी पराजित भएका थिए ।


