एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७८ फाल्गुन २३, सोमबार ०७:३३

    काठमाडौं, २२ फागुन । सरकारले युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य गरेको छ ।

    अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरी इजाजतका लागि ५ लाख रुपैयाँ लाग्ने समेत उल्लेख गरेको छ । राष्ट्रिय प्रसारण नियमावलीमा ११औं संशोधनमार्फत् अनिवार्य गरेको हो ।

    सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयले संशोधन गरेको नियमावलीले इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन अनिवार्य गरी कानूनी दायरामा ल्याएको हो । अब युट्युवलगायत इन्टरनेटमार्फत् नियमित रुपमा श्रव्य दृश्य प्रसारणलाई अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरेको छ ।

    विभिन्न परिभाषामा इन्टरनेटमार्फत् आफैले उत्पादन गरी नियमितरुपमा श्रव्यदृश्य प्रसारणलाई अनलाइन टेलिभिजनको रुपमा परिभाषित गरेको छ । कुनै कार्यक्रम डीटीएच केवल वा उपग्रह टेलिभिजनको माध्यम प्रयोग नगरी इन्टरनेटमार्फत् गराइने सेवालाई अटोटीर त्यसले इन्टरनेटमार्फत् अरु प्लेटफर्म माथिको भिडियो स्ट्रिमिङलाई जनाउने उल्लेख गरिएको छ ।

    अनलाइन टेलिभिजनले सामाग्री प्रकाशन या प्रशारण गर्दा उमेर अनुसार दर्शक, पाठक या स्रोतालाई वर्गीकरण गर्नुपर्नेछ । रेटिङ समेत राखेर बालबालिक र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई यू, दश देखि १८ वर्ष उमेर समूहका लागि उत्पादित कार्यक्रमलाई आर र १८ वर्षभन्दा माथिको कार्यक्रमका लागि ए रेटिङ दिएर मात्र प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु