दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुरु भयो नेपाल वायु सेवाको काठमाडौँ-रियाद उडान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते, सोमबार १६:००

काठमाडौ ।लामो समयको अथक प्रयास पछि काठमाडौ – रियाद उडान को नेपाल बायुसेवा निगमले अनुमति पाएको छ।अब काठमाडौ साउदी अरेबिया को सिधा उडान बाट धेरै नेपाली लाभान्वित हुने भएका छन् ।

निगमलाई साउदी अरेवियाको General Authority of civil Aviation (GACA) ले मिति २०७८/११/२२ गतेबाट साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको हो । यस उड़ान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न पाउनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उडुडयन मन्त्री माननीय प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले प्रेश बिज्ञप्ति मार्फत जनाएको छ । निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं-रियाद- काठमाडौं सेक्टरमा साताको तीन बटा नियमित उडान शुरु गर्ने बताईएको छ। निगमको अथक प्रयासपछि भएको यस कार्यबाट धेरै लाभ पुग्ने भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु